• Saturday 25th July 2026

एमाले महाधिवेशनः आकांक्षीकाे ओइरो, चर्काे चुनाैती लुम्बिनीमा

एमाले महाधिवेशनः आकांक्षीकाे ओइरो, चर्काे चुनाैती लुम्बिनीमा

ब्यवस्थापनमा कठिन प्रदेशमध्ये लुम्बिनी अग्रस्थानमा छ । जहाँ एमालेका पदाधिकारी र पहुँच ठानिएका धेरै नेता छन् । 


  • लुम्बिनी रिभ्यू

काठमाडाै । नेकपा एमालेकाे महाधिवेशन नजिकै गर्दा आकांक्षीहरूकाे संख्या बढ्दै गएकाे छ । उनीहरूकाे ब्यवस्थापनमा कठिन अवस्था देखिदैछ ।

गत २०–२२ भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनबाट संशोधित विधानले कमिटीकाे आकार घटाए पछि हाल कायम नेताहरूकै ब्यवस्थापन सकस देखिएकाे एमाले नेताहरू बताउँछन् । त्यसमाथि थप नेताहरूकाे दावी र आकांक्षा चुलिदै गएकाे छ ।

संशोधित विधान बमोजिम हालका १९ सदस्यीय पदाधिकारी संख्या घटेर १५ सदस्यीयमा झर्नेछ । स्थायी समितिको छुट्टै संरचना रहने छैन । साविककै पदाधिकारीहरूकै भविष्य अन्याैलमा रहँदा हरेक प्रदेशबाट बढुवा हुन खाेज्नेहरूकाे संख्या ह्वात्तै बढेकाे छ ।

ब्यवस्थापनमा कठिन प्रदेशमध्ये लुम्बिनी अग्रस्थानमा छ । जहाँ एमालेका पदाधिकारी र पहुँच ठानिएका धेरै नेता छन् ।  यहाँबाट युवराज ज्ञवाली, विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, गोकर्ण बिष्ट, छविलाल विश्वकर्मा, ठाकुर गैरे, लिला गिरी, वैजनाथ चौधरी, खिमलाल भट्टराई, सूर्य थापा, रामकुमारी झाँक्री लगायतका नेताहरू विभिन्न पदमा दावेदार छन् ।

बागमती, सुदूरपश्चिम र काेशीमा पनि आकांक्षीहरू धेरै छन् ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend