अदिपसन ज्ञवाली (बागलुङबाट)

बागलुङ जिल्लामा अवस्थित बागलुङ कालिका मन्दिर ऐतिहासिक तथा धार्मिक पहिचानसँग गहिरो सम्बन्ध राख्ने आकर्षक गन्तव्य हाे । याे मन्दिर देशभरिका प्रसिद्ध शक्ति–पीठमध्ये एक हो।
धार्मिक आस्थाको केन्द्रसंगै सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक सुन्दरताले भरिपूर्ण याे मन्दिर सबैको आकर्षणकाे केन्द्र बनिरहेकाे छ ।

देवी कालिकाको शक्ति–पीठ मानिने यो मन्दिरमा आउने भक्तजनहरू आफ्नो मनोकामना सिद्ध हुने विश्वास राख्छन्।
मन्दिर परिसरमा चढाइ, प्राकृतिक जंगल, शान्त वातावरण र धार्मिक ऊर्जाले मानिसलाई शान्त, साहसी र सकारात्मक बनाउने मान्यता छ ।

याे मन्दिर धार्मिक स्थल मात्र नभई शिक्षक, विद्यार्थीहरूको मनपर्ने, अध्ययन–भ्रमण स्थल पनि बनिरहेकाे छ ।
खास गरेर बिद्यार्थीहरू यहाँ शैक्षिक भ्रमण र अध्यनन, अनुसन्धानका लागि आउने गर्दछन् । यहाँका ऐतिहािस र पुरातात्त्विक बस्तुहरू, जंगल, पञ्चधारा, शीतल हावा, शान्त वातावरण जस्ता कारणले विद्यार्थीलाई आकर्षण गर्ने गर्दछन् ।

त्यसैगरी मन्दिरकाे इतिहास, देवी–देवताको कथा, पूजा–पाठका परम्परा तथा संस्कृतिलाई नजिकबाट बुझ्न विद्यार्थीहरू यहाँ आउँछन्।
मन्दिरसम्मको पैदल यात्रा, सीढी र प्राकृतिक पदमार्ग जस्ता पक्षले पनि विद्यार्थीहरूलाई साहसिक र रमाइलो अनुभव प्रदान गर्छ।

त्यस्तै यहाँका हरियाली जंगल, मन्दिर परिसरकाे सुन्दर वातावरण, कलाकृति लगायतका फोटो तथा भिडियो बनाउन पनि बिद्यार्थीहरू आकर्षित हुने गरेका छन् ।
विद्यालय तथा कलेजहरूले शैक्षिक भ्रमणका लागि यो मन्दिरलाई प्राथमिकता दिने गरेका छन् ।

पछिल्लो पटक बुटवलकाे न्यू हाेराईजन उच्च माविले आफ्ना बिद्यार्थीहरूलाई यहाँको स्थलगत अवलाेकन गराएकाे छ । यस अवसरमा बिद्यार्थीहरूले उत्साह र उत्सुकताका साथ अध्ययन तथा अवलाेकन गरेका थिए ।

लुम्बिनी रिभ्यू