काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा मतदान जारी छ ।
राजधानीको भृकुटीमण्डपमा भइरहेको निर्वाचनमा अहिलेसम्म ५५५ मत खसेको छ ।
निर्वाचनमा दिउँसो २ः३० सम्म एक चौथाई मत खसेको एमाले नेता कुसान लामाले जानकारी दिए ।
एमालेको नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनमा २२६३ जना मतदाता रहेका छन् । भित्र मतदान हुँदै गर्दा बाहिर नयाँ नेतृत्वका लागि नेता कार्यकर्ताहरुले मत मागिरहेका छन् ।
उनीहरुले आ–आफ्नो पक्षमा प्रचार प्रसार गरिरहेका छन् ।

लुम्बिनी रिभ्यू