काठमाडौ । नेकपा (एमाले) को ११ औं महाधिवेशनले केपी शर्मा ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन गर्दै पुुस ३ गते सम्पन्न भएको छ । अध्यक्ष ओली नेकपा (एमाले)मा तेस्रो पटक अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
महाधिवेशनले आन्तरिक प्रतिस्पर्धामार्फत ३ सय १ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको हो । त्यस्तै महाधिवेशनले केन्द्रीय लेखा र अनुशासन आयोगको पनि नेतृत्व चयन गरेको छ ।
अन्तिम मत परिणाम सार्वजनिक लगत्तै नवनिर्वाचित नेतृत्व सपथ ग्रहण सम्पन्न भएको छ । मंसिर २७ गतेबाट बाट सुरु भएको ११ औं महाधिवेशनमा २२ सय ६३ जना प्रतिनिधि सहभागि थिए । २२ सय २७ जना प्रतिनिधिहरुले मतदान गरेका थिए । विद्युतीय मेशिनबाट मतदान गरिएकाले कसैको पनि मत बदर भएन ।
समापनसत्रमा सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष ओलीले संसद पुनस्र्थापना गराएर मुलुकलाई संवैधानिक बाटोमा ल्याउने उद्घोष गर्नुभयो । उहाँले पुराना पार्टीहरु सकिए भन्ने गलत भाष्यलाई महाधिवेशनले खण्डित गरेको प्रस्ट गर्नुभयो ।
‘देशको रक्षाका लागि एमालेका कार्यकर्ताहरु सधैं पहरेदार रहनेछन्’, अध्यक्ष ओलीले भन्नुभयो ।

लुम्बिनी रिभ्यू