बुटवल । रास्वपा सभापति रवि लामिछाने अदालतको आदेश अनुसार रिहा भएका छन् । जिल्ला अदालत रुपन्देहीमा कागजी प्रक्रिया पूरा गरेपश्चात उनी छुटेका हुन् ।
चितवनमा भोलि रविले स्थानीय नेता–कार्यकर्ता र शुभेच्छुकहरूसँग भेटघाट गर्नेछन् । उनी भोली साँझ काठमाडौं फर्किने कार्यक्रम छ ।
रविसँगै रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल पनि रहेका छन्।
रविकी पत्नी निकिता पनि साथमै छिन् । रवि तत्कालै पार्टीको जिम्मेवारीमा सक्रिय बन्ने जनाइएको छ ।

लुम्बिनी रिभ्यू