• Saturday 25th July 2026

पत्रकारितामा महिलाहरुको सहभागिता र निरन्तरता अनिवार्य : मुख्यमन्त्री कुलप्रसाद केसी

पत्रकारितामा महिलाहरुको सहभागिता र निरन्तरता अनिवार्य : मुख्यमन्त्री कुलप्रसाद केसी

पत्रकार महिलाको क्षमता अभिवृद्धि तालिम


  • लुम्बिनी रिभ्यू

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आवाज वीहिनहरुको आवाज उठाउने र सरकारको प्रतिपक्षका रुपमा रहेर सुचना प्रवाह गर्ने पत्रकारिता पेशामा महिलाहरुको सहभागिता र निरन्तरता हुनु अनिवार्य रहेको बताएका छन् । संचारिका समूह लुम्बिनी प्रदेशले बुटवलमा संचालन गरेको विकास सुशाशन र समावेशीता तालिम कार्यक्रममा सहभागी पत्रकार महिलाहरुलाई शुभकामना दिदै उनले आफू व्यवसायिक हुन पत्रकार महिलाहरुले पनि सीप विकास गरेर प्रतिश्पर्धामा उत्रनुपर्ने बताए । महिला पुरुषको तुलनामा बढी इमान्दार र सिर्जनशील हुने बताउदै त्यसलाई पत्रकारितामा पनि प्रमाणित गर्न उनले सुझाब दिए ।
आन्तरिक मामिला तथा सन्चार मन्त्री कुलप्रसाद केसीले पेशागत क्षमता बढाउन पत्रकारिताको सबै विधामा संलग्न हुन आग्रह गरे । महिला पत्रकारको सीप विकास र क्षमता अभिवृद्धिमा प्रदेश सरकार निरन्तर लाग्ने उनले बताए ।

संचारिका समूह लुम्बिनी प्रदेशले महिलाहरूको क्षमता अभिवृद्धिका लागि विकास, सुशासन र समावेशी पत्रकारिता विषयक तालिम बुटवलमा आयोजना गरेको थियो । तालिमका बीच पत्रकार महिला र प्रदेश सरकारका मन्त्रीहरु बीच अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको थियो ।

बुधबार र बिहीबार भएको तालिममा साविक लुम्बिनी अञ्चलका विभिन्न जिल्लाका ५६ जना पत्रकार महिलाको सहभागितामा थियो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनाामा भएको कार्यक्रम सञ्चारिका समूह लुम्बिनी प्रदेशले समन्वय गरेको हो ।तालिममा संचारिका समूह नेपालका पूर्व केन्द्रीय अध्यक्ष एवं वरीष्ठ पत्रकार निर्मला शर्मा, पत्रकार युवराज कंडेलले, अमृता अनमोल लगायतले सहजीकरण गरेका थिए ।
तालिम समापन कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा सञ्चार सचिव कोमल प्रसाद धमलाले विषय, सन्दर्भ तथ्य र सत्यमा आधारित भएर पत्रकारिता गर्न सुझाब दिए । उनले बेलाबेलामा हुने क्षमता अभिवृद्धि तालिमले पत्रकार महिलाहरुलाई सबल बन्न सघाउने बताए ।
संचारिका समूह नेपालकी पूर्व अध्यक्ष तथा वरीष्ठ पत्रकार निर्मला शर्माले पत्रकारितामा नया नया विषय र विधा भित्रीएकाले त्यसमा अब्बल हुनुपर्ने बताइन् । उनले महिला भएकै कारण पत्रकार महिलालाई सामाजिक र आर्थिक जटिलता हुने बताउदै त्यसलाई समाधान गर्न लाग्नुपर्ने बताइन् । संचारिका समूहले पत्रकार महिलालाई व्यवसायिक बनाउन र क्षमता बढाउन निरन्तर यस्ता तालिम संचालन गरिरहेको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend