काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलकाे आह्वानमा तीन ठूला दलका नेता र प्रधानमन्त्री सुशीला कार्कीसहितको भेटवार्ता भएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री कार्कीसँग राष्ट्रपति पौडेलले छलफल गरेको राष्ट्रपतिकाे सचिवालयले जानकारी दिएको हो ।
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन, सरकारले सिफारिस गरेको निर्वाचनसम्बन्धी कानुन संशोधनको विषयमा छलफल गर्न मुख्य दलका प्रमुख र प्रधानमन्त्रीलाई एकै ठाँउमा राखेर भेटवार्ता गरिएकाे जनाईएकाे छ ।
कांग्रेस र एमालेका बहुमत निवर्तमान सांसद् प्रतिनिधिसभा पुनस्र्थापनाका लागि सर्वोच्चमा रिट लिएर गएको बेलामा यस्ताे भेटवार्ता भएकाे हाे ।

लुम्बिनी रिभ्यू