• Saturday 25th July 2026

खाँचीकोट दरबार प्रचार प्रचारकाे अभावमा ओझेलमा

खाँचीकोट दरबार प्रचार प्रचारकाे अभावमा ओझेलमा


  • लुम्बिनी रिभ्यू

अनिल नेपाली

अर्घाखाँची, अर्घाखाँचीको सन्धिखर्क नगरपालिकादेखि झण्डै ८ किलोमिटरको दुरीमा पर्ने ऐतिहासिक खाँचीकोट दरबार प्रचार प्रचारकाे अभावमा ओझेलमा परेको छ ।

बाइसे चौबिसे राज्य हुँदा अर्घाखाँचीमा अर्घा र खाँची दुई वटा राज्य थिए । खाँचीका तेह्रौ पुस्ताका राजा दल शाहकी छोरी चन्द्रप्रभाको विवाह गोरखाका नरभुपाल शाहसँग भएको थियो । उनी पृथ्वीनारायण शाहकी सौतेनी आमा हुन् । आफ्नो सन्तान नभएपनि चन्द्रप्रभाले पृथ्वीनारायणको लालनपालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । शक्तिशाली गोर्खा राज्यसँग सम्बन्ध रहेको खाँचीको ऐतिहासिक महत्व रहेको छ । खाँची दरबार रहेको स्थानबाट सन्धिखर्क बजार सहित अर्घाखाँची, गुल्मी , पाल्पा जिल्लाका विभिन्न ठाउँ र सुन्दर हिमश्रृङ्खलाहरूको दृश्यावलोकन गर्न सकिन्छ ।

सुपा देउराली– नरपानीमा आउने पर्यटकलाई खाँचीकोटमा अवस्थित दरबारमा आकर्षित गर्न प्रचारप्रसारमा ध्यान दिनुपर्ने स्थानीयको आग्रह छ । सुपा देउराली नरपानीमा आउँदा नजिकै रहेको ऐतिहासिक महत्वको खाँचीकोट दरबारसम्म पुगी उक्त स्थान नयाँ पुस्तालाई इतिहास बुझ्न, प्राकृतिक वातावरणमा रमाउन, फोटो खिच्न र टिकटक बनाउन उपयुक्त छ यस मन्दिरमा विशेष गरि दशैंको नवदुर्गाको पुजाआराधाना गरि दशैंको तेस्रो दिन अर्थात त्रियादशीको दिन पौराणिक सराय मेला नाँच हुँदै आइरहेको छ । प्रचारप्रसारको कमीका कारण यहाँका महिमा र शक्ति पीठबारे जानकारी नभएका कारण भक्तजन आउन नसकेको स्थानीयवासीको भनाई छ ।

यस्तै महत्वपूर्ण ऐतिहासिक खाँचीकोट ओझेलमा परेको ठाउँ भएकाले त्यसको लागि सडक सञ्जालको व्यवस्थापन, पुरातात्विक ढङ्गले पुनर्निर्माण र मन्दिरलाई थप व्यवस्थित गराई मन्दिरको गरिमा बिश्वास आस्था लाई पहिचान युत्त गराईएकाे सन्धिखर्क नगरपालिका वडा न ७ का अध्यक्ष चुरा ब केसीले बताए । पर्यटकीय सम्भावना बोकेको खाँचीकोट दरबार संरक्षणको लागि पर्यटन मन्त्रालय लुम्बिनी प्रदेश सन्धिखर्क नगरपालिका बाट साझेदारीमा १ कराेड ५० लाख बजेट बिनियोजन गरेर मन्दिरको व्यव्स्थापन नयाँ स्वरुपको मन्दिरको निर्माणको लागि काम भईरहेको उनको भनाई छ ।

मन्दिर निर्माणको लागि स्थानीय बासिन्दाबाट जनश्रमदार अनुसार करिब रु. १० लाखको काम भएको र करिब १ कराेड थप बजेट भएमा आधुनिक प्रविधिअनुसार नयाँ मन्दिर बनाउन सकिने उनको भनाई छ । मन्दिरको संरक्षणका लागि गत साल उद्योग वन तथा पर्यटन मन्त्रालयले पनि करिब रु. २० लाख बजेट विनियोजन गरेर सिँढीहरू निर्माण भएको छ ।

मन्दिरको निर्माणका लागि सुपा देउराली मन्दिर व्यबस्थापन समितिबाट करिब १० लाख बजेट विनियोजन गरेर काम भईरहेको मन्दिर आधुनिक प्रविधिअनुसार काठमाण्डौको इट्टा प्रयोग गरेर निर्माण गर्न लागिएको भविष्यमा मन्दिरमा पितलको छाना, टुडाँल राखेर निर्माण गर्न सकेमा पर्यटकको आन्तारिक र बाह्य रुपमा आकर्षणकोे केन्द्र बनेको अध्यक्ष चुरा बहादुर केसीले बताए । केसीले पर्यटकको केन्द्रमा रहेको सुपादेउराली मन्दिर आएका पर्यटकका लागि बाटो गुणस्तरीय भएको र पर्यटनको ईच्छा आकाश भएमा हामीले १०० प्रतिशत पर्यटक भित्रयाउने लक्ष्य राखेकाे छाै त्यसका लागि स्थानीय बासिन्दाकाे पनि महत्त्वपूर्ण भुमिका रहने अध्यक्ष केसीले बताए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend