• Saturday 25th July 2026

काे काे परे एमालेको समानुपातिक बन्दसूचीमा ?

काे काे परे एमालेको समानुपातिक बन्दसूचीमा ?


  • लुम्बिनी रिभ्यू

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेश गरेको छ ।

सूचीमा उपाध्यक्ष रामवहादुर थापा बादल,सचिव पद्मा अर्यालदेखि जेनजी पुस्तकी निताता घतानीसम्म छन् । सूचीमा नयाँबाट क्रान्ति बुर्लाकोटी,भूमिका सुब्बालगायत परेका छन् ।

लेखा आयोगका अध्यक्ष डा.पुष्प कडेल,स्थायी कमिटीका पूर्व सदस्य गोरखवहादुर बोगटी पनि सूचीमा छन् ।

त्यस्तै पूराना नेताबाट रामेछापका राजकुमार श्रेष्ठ पनि समेटिएका छन् भने टुका हमाल, निरु पाल, कोमल ओली, शान्ता चौधरी, अनिता कन्दङ्वा पनि बन्दसूचीमा छन् ।

पिछडिएको क्षेत्रबाट गोरख बोगटी, लालबहादुर महतारा, लालबहादुर रावललगायत गरी  आठ जना प्रतिनिधित्वमा परेका छन् । अपाङ्गता भएका समुदायबाट स्यांजाका रामबहादुर थापा र यसुदा बराल परेका छन् ।

दलितबाट मिना बराम, मनकुमारी तितुङ, माया देवी पौडेल, निर्मल दउला, जितु गौतमलगायत छन् भने अल्पसंख्इकका रामपुकार दास तत्मा, सन्तबहादुर चेपाङ, इच्छा चौधरीलगायत छन् ।

कतिपय नामहरु सच्याउनुपर्ने र क्लस्टर मिलाउनुपर्ने भएकाले सबै सूची गोप्य राखिएको एमाले श्राेतकाे भनाइ छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend