काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा राष्ट्रिय सभा निर्वाचनलगायत अन्य तत्कालीन विषयमा छलफल भइरहेको छ । केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा राष्ट्रिय सभाका लागि उम्मेदवारको बारेमा पनि विषय उठ्ने बताइएको छ ।
राष्ट्रिय सभाका १८ सीटका लागि प्रमुख राजनीतिक दलहरु मिलेर चुनाव लड्ने सहमति भएको छ । कांग्रेस र माओवादीसँग भएको छलफल र सीट बाँडफाँडको विषयमा बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ब्रिफिङ गरेका छन् ।

लुम्बिनी रिभ्यू