• Saturday 25th July 2026

माैसम बदलीः तराई क्षेत्रमा हुस्सु र कुहिरो

माैसम बदलीः तराई क्षेत्रमा हुस्सु र कुहिरो


  • लुम्बिनी रिभ्यू

काठमाडौं । देशका केही भूभागमा आज माैसम बदली हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहानैबाट तराईमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु र कुहिरो रहनेछ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागले राति तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहने बताएको छ । देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

यसैबीच, बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो काठमाडौंको अधिकतम तापक्रम बढेर १५ देखि १७ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान छ ।

मंगलबार हिजो बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको थियो । यो काठमाडौंको वर्षकै न्यून तापक्रम हो ।

हिजो बिहान पौने ६ बजे भने काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस रहेको थियो । बिहान पौने ६ भन्दा पौने ९ बजेको तापक्रम कम हुन्छ । विभागले पौने ९ बजेको तापक्रमलाई आधिकारिक मानेर रेकर्डमा राख्दै आएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend