• Saturday 25th July 2026

कांग्रेसमा तनाव: छुट्टाछुट्टै भेला र बैठक

कांग्रेसमा तनाव: छुट्टाछुट्टै भेला र बैठक


  • लुम्बिनी रिभ्यू

काठमाडौं । नेपाली कांग्रेसकाे आन्तरिक तनाव झन् चुलिएको छ । विशेष महाधिवेशन पक्षकाे सकृयतासंगै संस्थापन पक्षले विशेष महाधिवेशन पक्षधरलाई काउन्टर दिन छुट्टै भेला गर्ने भएको छ ।

सभापति शेरबहादुर देउवा निवासमा बसेको संस्थापन पक्षको बैठकले २७ मा युवा र २८ मा जिल्ला सभापति भेला गर्ने निर्णय गरेको हाे ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन आह्वान गरेका छन् । दुवै पक्षले आआफ्नो तयारी अघि बढाएपछि पार्टी विभाजनतर्फ अघि बढेको छ ।

संस्थापन पक्ष सहमतिमा नआए पनि आफूहरू विधान अनुसार अघि बढेको भन्दै नेतृत्व चयन गरेरै अघि बढ्ने विशेष महाधिवेशन पक्षधरको तयारी छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend