बैतडी । बैतडीमा बोलेरो जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाटी नजिक सोमबार बिहान भएको दुर्घटनामा जिपमा सवार अन्य सबै यात्रु घाइते भएका छन् ।
सुर्नया गाउँपालिका–६ मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जिप सोमबार बिहान साढे १० बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिप आफैँ अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक सुरज सिंहका अनुसार दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा सिगास गाउँपालिका १ बस्ने २४ वर्षीय निसान्त बोहरा, सिगासकै २८ वर्षीय भानदेव भट्ट, डडेल्धुराको आलिताल गाउँपालिका ३ बस्ने १३ वर्षका राकेश रावल रहेको प्रहरीले जनाएको छ ।

लुम्बिनी रिभ्यू