• Saturday 25th July 2026

के भइरहेकाे छ कांग्रेस विशेष महाधिवेशनकाे बन्दसत्रमा ?

के भइरहेकाे छ कांग्रेस विशेष महाधिवेशनकाे बन्दसत्रमा ?


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गर्नुभएको दोस्रो विशेष महाधिवेशनअन्तर्गत   सुरु भएको छ ।

काठमाडौँको भृकुटीमण्डपमा जारी महाधिवेशनको दोस्रो दिन बन्दसत्र चरणमा प्रवेश गरेको हो । बन्दसत्रको सुरुवातमा विशेष महाधिवेशन कार्यविधि, २०८२ पारित गरिएको छ । जसले पार्टीको नीति, विधान संशोधन र सम्भवतः नेतृत्व चयनको बाटो खोल्ने अपेक्षा गरिएको छ । महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया जारी रहेको छ ।

बन्दसत्रमा राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदनलगायतका विषयमा छलफल हुनेछ भने समूहगत बहसका लागि प्रतिनिधिहरूलाई विभाजन गरिने कार्यक्रम छ । पार्टी संस्थापन पक्षले यसलाई अवैधानिक भन्दै विरोध गरेको छ भने आयोजक पक्षले विधानसम्मत रहेको तर्क गरेको छ । बन्दसत्रका निर्णयले पार्टीको आगामी दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend