• Saturday 25th July 2026

समानुपातिकको बन्दसूचीबाट नाम फिर्ताका लागि एमालेका तीन सहित ५४ जनाकाे निवेदन

समानुपातिकको बन्दसूचीबाट नाम फिर्ताका लागि एमालेका तीन सहित ५४ जनाकाे निवेदन


  • लुम्बिनी रिभ्यू

काठमाडौँ-आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्दसूचीबाट ५४ जनाले नाम फिर्ताका लागि निवेदन दिएका छन्।

निर्वाचन आयोगले सोमबार समानुपातिकतर्फका उम्मेदवारले आफ्नो नाम फिर्ता लिने समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म तोकेको छ।

विभिन्न पार्टीका ५० जना उम्मेदवारहरूले आफ्नो नाम फिर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

उम्मेदवारी फिर्ता लिन निवेदन दिनेमा नेकपा एमालेका ३ जना रहेका छन्। स्रोतका अनुसार एमालेका खसआर्य तर्फ नाम राखेका ठाकुर प्रसाद शर्मा, मधेसी महिलातर्फ अंशु सिंह, आदिवासी जनजातीतर्फ विजयसिंह लामाले नाम फिर्ताका लागि निवेदन दिएका हुन्।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend