• Saturday 25th July 2026

प्रचण्ड, माधवसहित नेकपाका नेताहरूले लिए शपथ

प्रचण्ड, माधवसहित नेकपाका नेताहरूले लिए शपथ


  • लुम्बिनी रिभ्यू

काठमाडौं-नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालसहित केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रचण्ड, माधवसहित २ हजार ४९९ केन्द्रीय सदस्यले शपथ लिएका हुन्।

प्रचण्ड र माधवलाई पार्टीका ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईंले शपथ गराउनु भएको हो। केन्द्रीय सदस्यलाई भने संयोजक प्रचण्डले शपथ गराउनु भएको हो।

२०८२ कात्तिक १९ गते नेकपा एकीकृत समाजवादीसहित १० वटा घटकहरूबीच एकता भएर गठन भएको नेकपामा १७ भन्दा बढी घटक र व्यक्तिहरू समाहित भएका छन्।

यो पार्टीमा वामदेव गौतम, भीम रावल, राजेन्द्र श्रेष्ठदेखि नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठसम्म समाहित भएको छ। आइतबार मात्र मनिष लिम्बू नेतृत्वको लिम्बुवान क्रान्तिकारी पार्टी र जसपा उपाध्यक्ष शिवलाल थापाको समूह नेकपामा समाहित भएका थिए।

कात्तिक १९ गते पार्टी एकता घोषणा हुँदा ६ महिनाभित्र महाधिवेशन गर्ने र केन्द्रीय कमिटीको आकार १९९ सदस्यीय बनाउने सहमति थियो।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend