काठमाडौं । नेपाली राजनीतिमा अनेक उतार चढाव आईरहेका बेला थप दृश्यहरू थपिएका छन् ।
नेपाली कांग्रेस विभाजनकाे कठाेर अवस्थामा पुगेकै दिन रवि लामिछानेका लागि भने केही हर्ष र सुखद निर्णय भएकाे छ ।
महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएकाे छ ।
महान्यायाधिवक्ता कार्यालयको यो निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्साको सरकारी वकिलको कार्यालय संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिनेछन् ।
त्यसका साथै, रुपन्देही, काठमाडौं र पर्सामा चलिरहेको संगठित अपराधको मुद्दा पनि फिर्ता हुनेछ ।

लुम्बिनी रिभ्यू