• Saturday 25th July 2026

बालेनले शाहद्वारा पदबाट राजीनामा

बालेनले शाहद्वारा पदबाट राजीनामा


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले पदबाट राजीनामा दिनु भएको छ ।

आइतबार प्रमुख शाहले उपप्रमुख सुनिता डङ्गोल समक्ष राजीनामा बुझाउनु भएको हो ।

राजीनामा पत्रमा महानगरकाे नेतृत्व र कार्यपालिकालाई सफलताकाे शुभकामना व्यक्त गर्नु भएको छ ।

‘नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम म काठमाडौँ महानगरपालिकाको नगर प्रमुख पदबाट मिति २०८२।१०।०४ गते देखि लागु हुने गरी स्वेच्छाले राजीनामा पेस गर्दछु’ बालेनले राजीनामा पत्रमा भन्नु भएको छ, ‘यस पदमा रहँदा काठमाडौँ महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमानदारिपूर्वक कार्य गर्ने प्रयास गरेको छु। अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास-यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस भन्ने कामना गर्दै, तपाईँ तथा नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गर्दछु।’

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend