काठमाडौँ । निर्वाचनकाे मिति नजिकिदै जाँदा आयोग, सरकार र राजनीतिक दल २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा होमिएका छन् ।
आयोगले उम्मेदवार मनोनयन दर्ताको समयसीमा भोलिका लागि तोकेको छ ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार राजनीतिक दल प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सिटका लागि उम्मेदवार छनोटमा व्यस्त छन् । कतिपय दलले प्रत्यक्षतर्फ उम्मेदवारको टुंगो लगाइसकेका छन्, केही दल अन्तिम चरणमा छन् ।
समानुपातिकतर्फ १ सय १० सिटका लागि दलहरुले १३ र १४ मंसिरमै उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेका छन् ।
पछिल्लोपटक विघटित प्रतिनिधिसभाको पहिलो दल कांग्रेसमा देखिएको विवादलाई टुंगो लगाउँदै निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन कार्यसमितिलाई आधिकारिक मान्यता दिएपछि सभापति गगन थापा नेतृत्वको कांग्रेस पनि उम्मेदवार छनोटमा जुटिसकेको छ ।
उम्मेदवार टुंग्याउन कांग्रेसको संसदीय बोर्डको बैठक बस्दैछ । पार्टीको उम्मेदवार तय गर्न केही बेरमा बैठक बस्ने तयारी रहेको सहमहामन्त्री डा.डिला संग्रौला पन्तले जानकारी दिइन् ।
नेकपा एमालेले धेरै जसाे उम्मेदवार टुंगाे लगाइसकेकाे छ ।
अन्य दलहरू पनि अन्तिम टुंगाेका लागि जुटिरहेका छन् ।

लुम्बिनी रिभ्यू