काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी फागुन २१ गते हुन गईरहेको प्रतिनीधि सभा सदस्य निर्वाचन सुरक्षामा कुनै पनि कमीकमजोरी नगरी खटिन सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा माघ ११ गतेदेखि सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयहरुमा प्रमुखको जिम्मेवारीमा खटिन लागेका अधिकृतहरुलाई निर्देशन दिनुहुँदै महानिरीक्षक अर्यालले सो कुरा बताउनुभएको हो ।
महानिरीक्षक अर्यालले उच्च व्यावसायिक प्रदर्शन गर्न र चुनाव लक्षित सुरक्षा कारवाहीलाई तिब्र रुपमा कार्यान्वयन गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नेतर्फ ध्यान दिन उहाँले निर्देशन दिनुभयो । कमजोर कमाण्ड र गल्ती गर्ने कमाण्डर माथि तत्का कारवाही गर्ने बताउनुहुँदै उहाँले उच्च मनोवलकासाथ काम गर्न निर्देशन दिनुभयो ।
उहाँले कमाण्डको जिम्मेवारीमा खटिजान लागेका सशस्त्र प्रहरी अधिकृतहरुलाई पदिय जिम्मेवारीमा रही कार्यक्षेत्रमा खटिदा बदमासी र नराम्रो काम गरेमा तत्कालै कारवाही गरिने बताउनुहुँदै निर्वाचन सफल बनाउन मातहत कर्मचारीहरुलाई निर्वाचन आचारसंहिताको पूर्णरुपमा पालनागरी परिचालित हुन निर्देशन दिनुभयो ।

लुम्बिनी रिभ्यू