• Saturday 25th July 2026

हिमपात हुनसक्ने स्थानमा दोस्रो चरणमा निर्वाचन हुने संभावना

हिमपात हुनसक्ने स्थानमा दोस्रो चरणमा निर्वाचन हुने संभावना


  • लुम्बिनी रिभ्यू

काठमाडौ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको दिनमै हिमपात भएको स्थानमा मात्रै दोस्रो चरणमा निर्वाचन हुनसक्ने बताउनुभएको छ ।

अत्याधिक चिसोका कारण हिमाली जिल्लामा दोस्राे चरणमा निर्वाचन गर्ने चर्चाबिच अर्थमन्त्री खनालले देशभर एकसाथ निर्वाचन गर्ने बाहेक सरकारले अर्को योजना नबनाएको बताउनुभयो । धौलागिरिको पर्वत, बागलुङ र म्याग्दी जिल्लामा निर्वाचनको तयारी तथा सुरक्षा व्यवस्थापनका बारेमा जानकारी लिने क्रममा अर्थमन्त्री खनालले मुस्ताङसहितका हिमाली जिल्लामा भारी हिमपात भएकै कारण मतदान स्थलमा असर गरेमा तत्काल निर्णय गरिने बताउनुभयो ।

अर्थमन्त्री खनालले भन्नुभयो‘अहिले हिमपात भइरहेका ठाउँमा फागुन महिनामा मौसम सफा हुन्छ, हामीले एकैपटक निर्वाचन सम्पन्न गरी आफ्नो जिम्मेवारी पूरा गर्न चाहन्छौं ।’’ अर्थमन्त्री खनालले सञ्चारमाध्यममा आएजस्तो हिमाली जिल्लाको निर्वाचन सार्ने विषयमा सामान्य कुराकानी समेत नभएको अवस्थामा तराई, पहाड र हिमाली जिल्लामा तोकिएको समयमै मतपत्रसहित निर्वाचनलाई आवश्यक पर्ने सामग्री पुग्ने बताउनुभयो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend