• Saturday 25th July 2026

समान अवसरसहित न्यायपूर्ण समाज निर्माण केन्द्रमा: एमाले

समान अवसरसहित न्यायपूर्ण समाज निर्माण केन्द्रमा: एमाले


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई सार्थक तुल्याउँदै स्वाधीन, समुन्नत र समाजवाद उन्मुख अर्थतन्त्रका आधारमा समान अवसरसहित न्यायपूर्ण समाज निर्माणलाई केन्द्रमा राखेको बताएको छ ।

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा आज पार्टी केन्द्रीय कार्यालयमा पत्रकारसँग आयोजित छलफलमा पार्टीका निर्वाचन संयोजक मीनबहादुर शाहीले राजनीतिमा देखा पर्ने लोकप्रियतावाद प्रायः भ्रमपूर्ण हुने र यसले यसले स्थायित्व र सुशासनमा नकारात्मक असर पार्ने बताउनुभयो ।

संयोजक शाहीले प्रत्येक नागरिकलाई गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, मर्यादित रोजगारीका पर्याप्त सुनिश्चित गर्न पार्टी प्रतिबद्ध रहेको बताउँदै सबै पेसाकर्मी, विदेशमा रहेका नेपाली तथा युवा शक्तिलाई एमालेसँग सहकार्य गर्न अनुरोध पनि गर्नुभयो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend