लोकप्रिय लोकपप गायक सुनिल गिरीको ‘ए साइँली’ गीतको भिडियो सार्वजनिक भएको छ । सुनिलले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरेका हुन् ।
सुनिल गिरीकै शब्द, संगीत तथा स्वर रहेको गीतको भिडियोमा पेमा शेर्पाको सँगै उनी आफैले अभिनय गरेका छन।
पछिल्लो समय सुनिलले आफ्ना धेरै गीतहरुको छायाङ्कन जन्मस्थल तनहुँ मै गर्ने गरेका छ्न। यो गीतमा पनि तनहुँ सेखाटार आसपासको प्राकृतिक सुन्दरता देख्न सकिन्छ। भिडियोको दृश्याङ्कन अनिल कृष्ण मानन्धरले गरेका छन।
‘को होला त्यो’ गीतबाट सांगितिक यात्रा सुरु गरेका सुनिक गिरी लोकपप बिधामा स्थापित नाम हो ।

लुम्बिनी रिभ्यू