• Saturday 25th July 2026

मदन भण्डारी मेमोरियल अण्डर १८ क्रिकेट टुर्नामेन्ट भैरहवामा सुरु

मदन भण्डारी मेमोरियल अण्डर १८ क्रिकेट टुर्नामेन्ट भैरहवामा सुरु


  • लुम्बिनी रिभ्यू

भैरहवा । मदन भण्डारी मेमोरियल अण्डर १८ इमरजिंङ स्टार क्रिकेट टुर्नामेन्ट आइतबारदेखि भैरहवामा सुरु भएको छ ।
सिद्धार्थ रंगशालामा सुरु भएको प्रतियोगितामा लुम्बिनी प्रदेशका ४ समूह सहभागी छन् ।


प्रतियोगिताको मदन भण्डारी स्पोटर्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै उनले सबैका लागि खेल भन्ने नारासहित एकेडेमीले किशोरहरुलाई व्यवसायिक खेलमा लगाउन प्रतियोगिता आयोजना गरेको बताए । उनले खेल गतिवधि निरन्तर भएमात्रै खेलाडीको कौशल बढ्ने भन्दै यसमा एकेडेमी निरन्तर लाग्ने बताए ।
कार्यक्रममा मदन भण्डारी स्पोटर्स एकेडेमीका सदस्य डा. शुभाष चौधरीले कुलतबाट जोगाउन र स्वस्थ बन्न पनि खेल आवश्यक रहेको बताए । एकेडेमीका सदस्य तथा अन्तराष्ट्रिय अम्पायर समिर खानले खेलका नियमलाई जीवनपद्धतीमा पनि ढाल्न आग्रह गरे । अर्का सदस्य मदन अधिकारीले क्रिकेट खेलको लोकप्रियता, व्यवसायिक खेल र त्यसबाट हुनसक्ने फाइदाका बारेमा बताए ।
प्रतियोगिता संयोजक तथा मदन भण्डारी स्पोटर्स एकेडेमीका क्रिकेट विभाग प्रमुख शक्ति गौचनले नया खेलाडीहरुलाई व्यवसायिक बनाउन उमेर समूह अनुसारका प्रतियोगिता गराएको बताए उनले खेलकुदबाट व्यक्तिगत र देशको नाम उचो राख्न र आयआर्जनसमेत गर्न समेत सकिने बताए ।


प्रतियोगिताका लागि रुपन्देही र दाङमा ट्यान्लेन्ट हन्ट आयोजना गरी ४ समूह छनोट गरिएको थियो ।१ सय ७० जना खेलाडीबाट छनोट गरीएका ५६ खेलाडीलाई ४ समूहमा विभाजन गरी खेल खेलाइएको खेल संयोजक गौचनले बताए ।
लिगका आधारमा खेलाइएको खेलमा आइतबार मदन भण्डारी स्पोटर्स क्लब रेड र मदन भण्डारी स्पोटर्स एल्लो क्रमश प्रथम र द्धितीय भएका छन् । आइतबारदेखि सुरु भएको खेल ३ दिन अर्थात मंगलबारसम्म संचालन हुनेछ

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend