• Saturday 25th July 2026

मदन भण्डारी ग्रीन विजयी

मदन भण्डारी ग्रीन विजयी

मदन भण्डारी खेल महोत्सव


  • लुम्बिनी रिभ्यू

भैरहवा । ७१ औं मदन जयन्तीको अवसरमा आयोजना गरिएको मदन भण्डारी मेमोरियल अण्डर १८ इमरजिंङ स्टार क्रिकेट टुर्नामेन्ट क्रिकेट प्रतियोगितामा मदन भण्डारी ग्रीन विजयी भएको छ। सिद्धार्थ रंगशालामा सोमबार भएको खेलमा मदन भण्डारी ग्रिनले मदन भण्डारी ब्लुलाई १५ रनको जित निकालेको हो ।


टस जितेर ब्याटिङ रोजेको ग्रीनले २५ ओभरमा सबै विकेट गुमाएर १ सय १० रनको लक्ष्य खडा गरेको थियो। उसका लागि सन्तोष यादव २२ बलमा १९ रन तथा सचिन १४ बलमा १४ रनको योगदान दिएका थिए। ब्लुका सागर गिरिले ५ ओभर बलिङ गर्दै २५ रन खर्चेर ३ विकेट लिएका थिए। यसैगरि प्रकाश गीरीले ४ ओभर बलिङ गर्दै १९ रन खर्चेर २ विकेट लिएका थिए।


मध्यम लक्ष्यलाई पछ्याएको ब्लुका ब्याट्सम्यानहरु २३ ओभरमा सबै बिकेट गुमाएर ९६ रनमा समेटियो। उसका लागि सुमित पराजुलीले १६ बलमा १६ रन तथा कमलेसले २५ बलमा १५ रनको योगदान दिएका थिए। कम स्कोरमा रोक्न ग्रीनका सन्तोष यादवले ५ ओभर बलिङ गर्दै १ मेडनसहित १० रन खर्चेर शानदार ४ विकेट लिएका थिए। यसैगरि निरजले २ ओभर बलिङ गर्दै ११ रन खर्चेर २ विकेट लिए। खेलमा ग्रीनका सन्तोष यादव म्यान अफ दि म्याचबाट पुरस्कृत भएका थिए।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend