• Saturday 25th July 2026

मदन भण्डारी बुद्धिचाल प्रतियोगिता सम्पन्न

मदन भण्डारी बुद्धिचाल प्रतियोगिता सम्पन्न

खुलामा सन्देश गैरे र छात्रातर्फ बुद्धिकला राना विजयी


  • लुम्बिनी रिभ्यू

बुटवल । मदन भण्डारी स्पोटर्स एकेडेमी विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगितामा मुख्य पुरस्कार सन्देश गैरेले प्राप्त गरेका छन् ।
न्यु होराइजन माविका सन्देशले पुरस्कारसहित नगद २० हजार रुपैया र प्रमाणपत्र हात पारे । ७१ औं मदन भण्डारी स्पोटर्स एकेडेमीले बुटवलको स्कलर्स होम माविमा प्रतियोगिता आयोजना गरेको थियो ।


प्रतियोगितामा ग्लोरियस बोर्डिङ स्कूलका कुन्दन शाह रौनियार द्धितीय भए । उनले नगद १०
हजार रुपैया“ र प्रमाणपत्र हात पारे । काशी नोवेल एकेडेमी भैरहवाका जर्सीन गौतम तृतीय भए । उनीहरुले क्रमश ७ र ५ हजार रुपैया“ नगद पाए ।
छात्रातर्फ अल्फा लुम्बिनी बोर्डिङ स्कूलकी बुद्धिकला राना प्रथम, देवदह बुद्ध पब्लीक स्कूलकी दर्शना श्रेष्ठ द्धितीय, स्कलर्स होम माविकी दिया पाण्डे तृतीय भएकी छन् । उनीहरुले क्रमश १०, ७ र ५ हजार रुपैया“ नगद र प्रमाणपत्र पाए ।

उमेर समूहमा ८ वर्षमूनिमा न्यू होराइजन माविका अंकूर पोखरेल, १० वर्ष उमेर समूहमा न्यू होराइजनकै अर्जुन बुढाथोकी, १२ वर्षमूनिमा देवदह बुद्ध पब्लीक माविका दिवस श्रेष्ठ, १४ वर्षमूनिमा देवदह बुद्ध पब्लीकका युवराज न्यौपाने र अनुशाशनमा साइनिङ ग्लोबल माविका विशिष बस्नेत पुरस्कृत भए । सबैले नगदसहित प्रमाणपत्र पाए । पुरस्कृत विद्यार्थीहरुलाई एकेडेमीका अध्यक्ष ध्रुव आचार्य र सल्लाहकार बलबहादुर आचार्यले पुरस्कार प्रदान गरे । प्रतियोगितामा रुपन्देहीका २५ विद्यालयका ८४ जना विद्यार्थी सहभागी थिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend