• Saturday 25th July 2026

खेल राष्ट्रियता र राष्ट्रिय परिचयको मानक : पूर्व उपप्रधानमन्त्री पौडेल

खेल राष्ट्रियता र राष्ट्रिय परिचयको मानक : पूर्व उपप्रधानमन्त्री पौडेल

युवाहरुलाई राजनीतिमा आउन आग्रह


  • लुम्बिनी रिभ्यू

काठमाडौं।पूर्व उपप्रधान मन्त्री एवं एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेलले खेल राष्ट्रियता र राष्ट्रिय परिचयको मानक रहेको बताउनुभएको छ । खेलकुदको माध्ययमबाट देशलाई संसारमा चिनाउन र देशको इज्यत बढाउन सकिने भएकाले राष्ट्रले खेलकुदमा लगानी गरेको उहाले बताउनुभयो ।

मदन भण्डारी स्पोटर्स एकेडेमीको आइतबार तेक्वान्दो प्रतियोगिताको मूल समारोह कार्यक्रममा बोल्दै  उहाले राजनीतिमा देखिएको स्वार्थ र अस्वस्थ प्रतिश्पर्धा हटाउन पनि खेलका विधि र तरिकाहरुलाई अवलम्बन गर्नुपर्ने बताउनुभयो । यसका लागि युवाहरुलाई राजनीतिमा आउन आग्रह गर्नुभयो ।

पौडेलले खेल सबैका लागि चाहिने र स्वास्थ्य, अनुशाशन, मनोरन्जन एवं प्रतिश्पर्धात्मक ज्ञानका लागि आवश्यक रहेको बताउनुभयो । उहाले सबैका लागि खेल गतिविधि गरिनु पर्ने बताउनुभयो । एमाले सरकारले खेलको विकासका लागि प्रदेश स्तरीय खेलमैदान , एक पालिका एक खेलमैदान कार्यक्रम र खेल पूर्वाधारको स्तरोननति गरेको उहाले सम्झनुभयो ।
पौडेलले प्रतिश्पर्धाका आधारमा समाजमा श्रेष्ठता हासिल गर्नुपर्छ भन्ने मदनको विचारबाट प्रभावित मदन भण्डारी एकेडेमीले खेल गतिविधि गर्दा धेरै युवाले मदनको विचार बुझ्न र खेलकुदमा दाग्न पाएको ताउनुभयो


कार्यक्रमका अध्यक्ष ध्रुब आचार्यले ७१ औं मदन जयन्तीका अवसरमा भएका प्रतियोगिता र खेल गतिविधिबारे जानकारी दिनुभयो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend