• Saturday 25th July 2026

मदन भण्डारी स्पोटर्स एकेडेमी रुपन्देहीमा विभिन्न विभाग गठन

मदन भण्डारी स्पोटर्स एकेडेमी रुपन्देहीमा विभिन्न विभाग गठन

शनिबार खेलाडी तथा प्रशिक्षक सम्मान कार्यक्रम हुदै


  • लुम्बिनी रिभ्यू


बुटवल । सबैका लागि खेल भन्ने नारासहित मदन भण्डारी स्पोटर्स एकेडेमी रुपन्देहीले विभिन्न विभाग गठन गरेको छ । खेलकुदको विकासमा टेवा पुर्याउने र युवाहरुलाई खेलकुदमा सरीक बनाउने उद्देश्यले केन्द्रीय अध्यक्ष ध्रुव आचार्यको उपस्थितिमा विभिन्न ८ वटा विभाग गठन गरेको जिल्ला अध्यक्ष मणिरत्न भण्डारीले बताए ।
एकेडेमीको एथलेटिक्स विभागमा प्रमुख विष्णु पन्थी रहेका छन् भने उपप्रमुखमा ममता बुढाथोकी र मनकुमारी राना चयन भएका छन् । कराते विभागमा प्रमुख प्रेमबहादुर राना रहेका छन् भने उपप्रमुखमा मखबहादुर क्षेत्री र सचिव योगेश प्रधान बनेका छन् । भलिबल विभागमा प्रमुख प्रेम श्रीष, उपप्रमुख नरेन्द्र कुमार सारु र सचिव फूलमाया दर्लामी रहेका छन् । शारीरिक सुगठनतर्फ प्रमुख विजेन्द्रमान श्रेष्ठ रहेका छन् भने उपप्रमुख सुमित गुरुड. र सचिवमा उत्तम गुरुङ रहेका छन् । क्रिकेटमा प्रमुख संजीव जोशी, उपप्रमुख राजु खड्का र सचिव सागर न्यौपाने बनेका छन् । स्वास्थ्य विभागमा प्रमुख प्रकाश चापागाई, उपप्रमुख सोफिया काफ्ले, सचिव एकदेव वश्याल रहेका छन् । यस्तै फुटसल विभागमा प्रमुख शिव श्रेष्ठ र मिडिया विभागमा प्रकाश आचार्य चयन भएका छन् ।


मदन भण्डारी स्पोटर्स एकेडेमीको जिल्ला विभाग गठन कार्यक्रममा बोल्दै प्रमुख अतिथि केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले मदनको विचारसंगै खेलकुदको विकास र युवाको सहभागिताका लागि एकेडेमीले देशव्यापि अभियान चलाएको बताए । केही समयअघिमात्रै देशव्यापि रुपमा राष्ट्रिय प्रतियोगिता आयोजना गरेको बताउदै उनले अहिले जिल्लाव्याप गतिविधिहरु भइरहेको जानकारी दिए ।
कार्यक्रममा केन्द्रीय सल्लाहकार दीपक ज्ञवाली, उपाध्यक्ष देव कुंवर, स्वास्थ्य तथा अन्तराष्ट्रिय विभाग प्रमुख डा. शक्ति वस्नेत, क्रिकेट विभाग प्रमुख शक्ति गौचन, शारीरिक सुगठन केन्द्रीय विभाग प्रमुख, राजकुमार श्रेष्ठ, केन्द्रीय सदस्य डा. दिनेश गौतम लगायतले नवगठित विभागलाई शुभकामना दिएका थिए ।


एकेडेमीले शनिबार बुटवलमा खेलाडी तथा प्रशिक्षक सम्मान कार्यक्रम आयोजना गर्दैछ । खेलकुद विकासको निम्ति कार्यक्रम आयोजना गरेको एकेडेमीले जनाएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend