
रुपन्देही । मदन भण्डारी स्पोटर्स एकेडेमी सिद्धार्थनगर हाक्ने जिम्मा शरण गुरूङको काधमा आएको छ ।
मदन भण्डारी स्पोटर्स एकेडेमी शिद्धार्थनगर नगर कमिटी रूपन्देहीको कमिटीले कमिटी पुर्नगठन गरी उनलाई जिम्मा दिएको हो ।
गुरूङको अध्यक्षतामा १९ सदस्यीय कमिटी गठन भएको छ। जसको उपाध्यक्षमा कपिलदेव चोधरी, मनिष श्रेष्ठ सचिव सचिन जोसी सहसचिव प्रवेश पौडेल,कोषाध्यक्षमा लबिका शर्मा ,सह कोषाध्यक्षमा नोबेल आचार्य रहेका छन्। सदस्यहरूमा अमृत गुप्ता ,मनन निसाद,शौरभ आचार्य ,सद्दाम खान,निकिता भुजेल लगायत चयन भएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथिमदन भण्डारी स्पोटर्स एकेडेमीका केन्द्रीय अध्यक्ष धु्रव आचार्यले युवाहरुलाई खेलकुदको माध्ययमबाट विचार निर्माण र देशविकासमा लगाउन सहयोगी हुने बताए । त्यसको नेतृत्व सिद्धार्थनगरमा गुरुड.लाई दिन पाउदा खुशी लागेको उनले जनाए । उनले राष्ट्रको नाममा खेल्ने र राष्ट्रको नाम उचो राख्ने खेलाडीलाई अब सम्मान गरेर मात्रै नपुग्ने भएकाले खेलाडीको परिवारलाई समेत संरक्षण तथा सम्मान गर्नुपर्ने कुरामा एकेडेमी लागेको बताए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि प्रमुख क्रिकेट विभाग प्रमुख शक्ति गौचनले राज्यले खेल विकासका लागि पूर्वाधार, अभ्यास र व्यवसायिक खेलका लागि अवसर जुटाइदिनुपर्ने बताउदै एकेडेमीले खेलाडीको लागि गरेको योगदानको चर्चा गरे ।
मदन भण्डारी स्पोटर्श एकेडेमीका क्षेत्रीय इन्चार्ज मिलन दर्लामीको अध्यक्षता भएको कार्यक्रममा एकेडेमीका केन्द्रीय क्रिकेट विभाग प्रमुख शक्ति गौचन, सदस्य मदन अधिकारी,रूपन्देही जिल्ला सचिवालय सदस्य शंकर गिरी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

लुम्बिनी रिभ्यू