• Saturday 25th July 2026

लुम्बिनी प्रदेश स्तरीय अन्तर मावि छात्र छात्रा भलिबल प्रतियोगिता सुरु

लुम्बिनी प्रदेश स्तरीय अन्तर मावि छात्र छात्रा भलिबल प्रतियोगिता सुरु

मदन दिवसको अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रीय भलिबल विभागको आयोजना


  • लुम्बिनी रिभ्यू

बुटवल, लुम्बिनी प्रदेश स्तरीय अन्तर मावि छात्र छात्रा भलिबल प्रतियोगिता  बुधवारदेखि बुटवलमा सुरु भएको छ ।

मदन दिवसको अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रीय भलिबल विभागको आयोजनामा रामनगरस्थित कालिका मानव ज्ञान माविको खेलमैदानमा खेल सुरु भएको हो । उद्घाटन खेलमा सेन जोसेफले सिद्धार्थ ईगलिस बोर्डिङ स्कुलमाथि २–० को सेटमा जित निकालेको छ ।

यसैगरी न्यु होराईजन ईगलिस बोर्डिङ स्कुलले दीप बोर्डिङ स्कुललाई २–० तथा उजिरसिह माविले देवदह ईगलिस बोर्डिङ स्कुललाई २–० को सेटमा पराजित गरेको हो ।


असार १७ गतेसम्म हुने प्रतियोगितामा छात्र १२ र छात्रा ७ टिम गरी १९ टिम सहभागी छन् ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले कार्यक्रमको उद्घाटन गर्दै उमेर समूहको खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ विद्यालय स्तरको प्रतियोगिता गर्न लागेको बताउनु भयो । उहाले चैत २३ गतेबाट अन्तर्राष्ट्रिय खेलकुद दिवसको दिन अभियान सुरु गरेर निरन्तर देशका सातै प्रदेशमा खेलकुदका विभिन्न विधामा प्रतियोगिताहरू गरेको बताउनु भयो ।कार्यक्रममा प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, केन्द्रीय सदस्य नन्द काउचा, बुटवल कालिका क्याम्पसका प्राचार्य घनश्याम पाठकले रुपन्देही खेलको उर्वर भूमि भएको बताउनु भयो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend