
बुटवल , बुटवलमा जारी लुम्बिनी प्रदेश अन्तर मावि छात्र छात्रा भलिबल प्रतियोगिताको आज उपाधिकालागि भिडन्त हुदै छ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा रामनगरस्थित खेलमैदानमा दिउसो १ बजेदेखि फाइनल प्रतियोगिता सुरु हुने छ । छात्रतर्फन्यु होराइजन मावि र मणिमुकुन्द माविले उपाधिकालागि प्रतिश्पर्धा गर्ने छन् । न्यु होराइजनले सिद्धार्थ बोर्डिड स्कूल र मणिमुकुन्दले सेन्ट जोसेफलाई पराजित गरी फाइनलमा प्रवेश गरेका थिए ।
छात्रातर्फ एभरेष्ट र न्यु होराइजन मावि बुटवलले उपाधिकालागि भिड्नेछन् । आइतबार एभरेष्टले कुवरवर्ती र होराइजनले सिद्धार्थ माविलाई पराजित गरेको प्रतियोगिता
खेल संयोजक बुद्धी गुरुडले बताए । असार १४ गतेदेखि सुरु प्रतियोगितामा छात्र १२ र छात्रा ७ टिम गरी १९ टिम सहभागी छन् ।
प्रतियोगितामा प्रथम हुने समूहले ७० हजार रुपैया नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ । द्धितीयलाई ५० हजार नगद रुपैया नगद, शिल्ड, मेडल र प्रमाणपत्र दिइने छ । तृतीयले ३० हजार रुपैया नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ । शान्त्वनालाई १५ हजार रुपैया नगद र प्रमाणपत्र दिइने एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले बताए ।

लुम्बिनी रिभ्यू