• Saturday 25th July 2026

समाजसेवी स्वर्गीय खेमराज पुनको स्मृतिग्रन्थ लोकार्पण

समाजसेवी स्वर्गीय खेमराज पुनको स्मृतिग्रन्थ लोकार्पण

बिहीबार दोस्रो स्मृति दिवस मनाइयो


  • लुम्बिनी रिभ्यू

बुटवल, समाजसेवी स्वर्गिय खेमराज पुनको स्मृतिमा खेमराज पुन स्मृति ग्रन्थ लोकार्पण गरिएको छ ।

दोश्रो बार्षिकीको अवसर पारेर बिहीबार स्मृति ग्रन्थ लोकार्पण गरिएको हो । खेमओमी पुन कल्याणकारी प्रतिष्ठानले एक समारोहको आयोजना गरी लुम्बिनी प्रदेश सभाका प्रदेश सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगर उपप्रमुख सावित्रीदेवी अर्याल, तिलोत्तमा नगरपालिका उप्रमुख जगेश्वरदेवी चौधरीले स्मृति ग्रन्थको लोकार्पण गरे ।
बुटवलमा व्यापार व्वसायसंगै समाजसेवामा अग्रसर रहेका खेमराजको योगदानलाई स्मरण हुने गरि स्मृति ग्रन्थ तयार पारिएको हो । लोकार्पण कार्यक्रम
एक समारोहका बिच लुम्बिनी प्रदेश सभाका प्रदेशसदस्य तथा पुर्ब स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले स्वर्गिय पुनको योगदानबारे सम्झना गर्दै समाजसेवा भावनाका कारण नै पुन समाजमा सबैको मनमा रहने बताए । मनकारी स्व. पुनबाट समाजमा धेरै असहायहरु र जेहेन्दार विद्यार्थीहरुले सहयोग पाएको भन्दै उनले उनको कामलाई अब संस्थागत रुपमा अघि बढाउन सुझाव दिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रीदेवी अर्यालले मानिसहरुको कर्मका कारण नै मृत्युपछि पनि स्मरणीय हुने बताइन्। कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपमेयर जागेश्वरीदेवी चौधरीले मानिस जीवन एकपटक जिउने र संसार देख्ने भएपनि सहयागमार्फत अरुलाई संसार देखाउने मानब सदा अजम्बरी हुने बताइन् ।

लोकार्पण कार्यक्रममा प्राध्यापक आरसी आचार्य, कालिका मानव ज्ञान क्याम्पसका प्राचार्य घनश्याम पाठक, डा नारायण पन्थ, श्रृगेश्वर धामका अध्यक्ष ऋषि भण्डारी, जेष्ठ नागरीक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेले सामाजिक सेवामा लाग्न र सेवा गर्नका लागी खेम पुन प्रेरणाको श्रोत भएको बताए ।

परिवारमा स्व पुनका धर्म पत्नी ओमीकला गाहा पुनले सोही बाटोलाई पच्छयाउदै असहायलाई पढाइमा सहयोग तथा छोरी शिक्षा कार्यक्रम लगायत विभिन्न सामाजिक काम गर्दे आएको बताइन् । स्मृति ग्रन्थको सम्पादन कबि गिरी श्रीस मगरले गरेको प्रतिष्ठानका सचिव युवराज घिमीरले बताए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend