भनिन्छ प्रेममा न त भुगोल हुन्छ न जात नै । प्रेममा कुनै सीमा हँदैन । प्रेम आफैमा सर्वब्यापी हुन्छ । प्रेममा भित्रि भाव स्नेह हुन्छ । प्रेममा सृफ प्रेम हुन्छ । न त बाधा हुन्छ । प्रणय दिवस अर्थात ‘भ्यालेनटाइन डे’ फेब्रुअरी १४ मा मनाइन्छ । यो पश्चिमा संस्कृति अर्थात आयतित संस्कृति पनि भन्ने गरेको पाईन्छ । १४ फेब्रुअरी अर्थात प्रेम दिवस । विशेषगरि पश्चिमा देशहरुमा मनाइँदै आएको यो दिवस केही वर्षदेखि नेपालका युवाले पनि विशेष रुपमा मनाउन थालेका छन् । प्रणय दिवस सहजै पचाउन सकिएको अवस्था भने छैन । सहरी युवा बाहेक अन्यले यसलाई विदेशी चाड भएकाले विकृति मात्र ल्याएको धारणा राख्दै आएका पनि पाइएको छ । सायदै नेपालमा पनि भ्यालेनटाइन डे धुमधाम मनाईदै आईरहेको छ ।
किन मनाईदैछ त भ्यालेनटाईन डे यसको शुरुवात कसले गरेका थिए ? युवाले एकार्काबीच व्यक्त गर्न नसकेको प्रेमलाई व्यक्त गर्ने र प्रेममा भएका जोडीले माया अझ प्रगाढ दिनका रुपमा आजको दिनलाई उपयोग गर्छन् । आजको दिन युवाले आफ्ना प्रेमीप्रेमिकालाई रातो गुलाबको फूल उपहारका रुपमा आदानप्रदान गरेर प्रेम दिवस बनाउने गर्छन् ।
यसको शुरुवात कसरी र कहाँबाट भएको थियो ? यसको कथा भने रोचक नै मानिएको छ । एक सातासम्म मनाइने ‘प्रेम सप्ताह’मा हरेक दिन फरक फरक तरिकाले सेलेब्रेट गर्ने संस्कृति रहेको छ। यो समयमा रोज डे, प्रोपोज डे, चकलेट डे, टेडि डे, प्रोमिस डे, हग डेसँगै अन्तमा ‘भ्यालेनटाइन डे’ फ्रेब्रुअरी १४ मा मनाइन्छ।प्रणय दिवसस् ‘भ्यालेनटाइन डे’को ईतिहास ? प्रणय दिवसको औपचारिक सुरुआत सन् २६९ मा रोमबाट सुरु भएको मानिन्छ । रोमका तत्कालीन सम्राट् क्लोडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए। सम्राट्को आदेशको उल्लङ्घन गर्दै त्यहाँका पादरी सेन्ट भ्यालेन्टाइनले प्रेमका पक्षमा बोलेपछि धेरै सैनिकको उनले सार्वजनिक रुपमा विवाह गराएका थिए।
आदेश तोडेको आरोपमा उनलाई इपू ७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो। प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउन थालिएको हो। विश्वभरि नै यस दिनलाई उत्सवका रूपमा मनाउने गरिन्छ। नेपालमा अझै पनि खुला रुपमा प्रेमको कुरा गर्नु विपरीत लिङ्गीसँगै हिँड्नुलाई सकारात्मक रुपमा सहज रुपमा ग्रहण गरिँदैन ।
तेस्रो सताब्दीमा एक रोममा एक शासक थिए, जसको नाम क्लोडियस । उनको मान्यता थियो, जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ । त्यही कारण उनले राज्यमा यस्तो उद्घोष गरिदिए, । आजदेखि कुनैपनि अधिकारी वा सैनिकले बिहे गर्न पाउनेछैन ।’ तर, सन्त भ्यालेनटाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन ।
उनले फरमानको विरेध गरे । सन्त भ्यालेनटाइनले सबैलाई बिहे गर्नका लागि उक्साए । जागरुक गराए । यहि क्रममा केहि अधिकारी र सैनिकले बिवाह गरे । जब क्लोडियसलाई सन्त भ्यालेनटाइनले आफ्नो मान्यता विपरित प्रेम र बिवाहका लागि अरुलाई प्रेरित गरे, भ्यालेनटाइनलाई बन्दी बनाउने आदेश जारी भयो । उनलाई कालकोठरीमा बन्दी बनाइयो ।
आखिरमा सन्त भ्यालेनटाइनलाई फाँसी दिने भइयो । फाँसीको आदेश सुनेर सन्त भ्यालेनटाइनले जेलरकी दृष्टिविहिन छोरीको नाममा एक प्रेम पत्र लेखे । र त्यसको मुनी लेखे, ‘फ्रेम योर भ्यालेनटाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईकी आफ्नी दृष्टिबिहिन छोरीलाई दिनु ।’
राजाले सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेनटाइनलाई फाँसी दिए । यहि दिनलाई भ्यालेनटाइनको समर्पणमा मानिसहरुले भ्यालेनटाइन डे मनाउन सुरु गरे ।
सुरुवाती दिनमा विधिवत् रुपमा भ्यालेनटाइन डे मनाइन्थ्यो । त्यसबेला प्रेमी(प्रेमिकाको हातले बनाइएको मुटु आकारको कार्ड आदनप्रदान गरिन्थ्यो । त्यसमा आफ्नो भावना व्यक्त गरिएको हुन्थ्यो । अहिले त्यस स्थानमा रेडिमेड कार्ड छाएको छ । पश्चिमा देशमा क्रिसमसपछि सबैभन्दा एक आपसमा कार्ड आदनप्रदान गर्ने भनेकै भ्यालेनटाइन डेमा नै भनिएको छ ।
पहिला पहिला फेब्रुअरी १४ अर्थात एकदिनलाई भ्यालेनटाइन डे भनिन्थ्यो । अहिले साताव्यापी रुपमा यो पर्व मनाइन्छ । यसको सुरुवात रोज डेबाट सुरु हुन्छ ।
गुलाब दिने, त्यसपछि प्रस्ताव राख्ने, त्यसपछि चकलेट दिने, त्यसपछि टेडी दिने, त्यसपछि प्रमिस गर्ने, त्यसपछि हग गर्ने र आखिरमा आखिरमा भ्यालेनटाइन डे मनाउने । यो सिलसिला फेब्रुअरी ७ बाट सुरु हुन्छ । फेब्रुअरी ७ लाई रोज डे, फेब्रुअरी ८ लाई प्रपोज डे र अन्य दिन एवं रितले मनाउने गरिन्छ ।
भ्यालेन्टाइन्स डे’ अर्थात प्रेम दिवसको माहोल सुरु भएको छ । बालबालिकादेखि युवा हुदै पाका पुस्तामा समेत विस्तारै यसले प्रभाव जमाउदै छ । प्रेम दिवसको सप्ताहमा सबैलाई शुभकामना ।

लुम्बिनी रिभ्यू