• Saturday 25th July 2026

खडग प्रसाद गौचन मेमोरियल अन्डर–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता

खडग प्रसाद गौचन मेमोरियल अन्डर–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता


  • लुम्बिनी रिभ्यू

एलिना आचार्य

भैरहवा,  रुपन्देहीमा जारी छैटौं खडग प्रसाद गौचन मेमोरियल अन्डर–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार दुई खेल सम्पन्न भएको छ ।

पहिलो खेलमा सिइसि प्लसर काठमाडौ र डिसीए धनगढी बीच भएको थियो । टस जितेर डिसिए धनगढीले ब्याटिंग रोजि निर्धारित २५ ओभरमा सिईसी प्लसर काठमान्डौलाई १०४ रनको लक्ष्य दिएको थियो । जवाफमा सिइसि प्लसर काठमाडौले २० ओभरमै लक्ष्य पुरा गर्दै विजयी भएको छ । उक्त खेलमा सिइसी प्लसर काठमान्डौका समिर बिस्टले म्यान अफ दि म्याचको अवार्ड प्राप्त गरेका छन् । उनले ५ ओभरमा २१ रन दिदै ३ बिकेट लिन सफल भएका थिए ।

शनिबार नै सम्पन्न दोस्रोे खेलमा न्यू होराईजन एकाडेमिले कास्की क्रिकेट एकेडेमीलाई हराएको थियो । टस जितेर ब्याटिंग गरेको कास्कीले निर्धारित २५ ओभरमा ४९ रन मात्रै बनाएको थियो । जवाफमा न्यू होराइजनले १३ ओभरमै लक्ष्य प्राप्त गर्दै विजयी भएको थियो । उक्त प्रतियोगितामा म्यान अफ दी म्याच न्यू होराईजनको सुरज खड्का भएका छन् । आईतबार मदन भन्डारी स्र्पोटस एकाडेमि र सिईसी पल्सर काठमान्डौबीच सेमिफाईनल हुनेछ । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित एक्साट्रेक ओभल क्रिकेट मैदानमा चैत्र १० गतेदेखि दैनिक रुपमा भईरहेको अन्डर १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा देशको विभिन्न जिल्लाका ८ टीम सहभागी छन् ।

प्रतियोगितामा बिजेता टिमले ५० हजार र उपबिजेता टिमले नगद २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउने छन् । यस्तै, उत्कृष्ट खेलाडीलाई ५ हजार, बेस्ट ब्याटर र बलरलाई ३–३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक स्टार क्रिकेट एकेडेमीले जनाएको छ । प्रतियोगिता अन्तराष्ट्रिय क्रिकेटर शक्ति गौचनको बुबा खड्क प्रसाद गौचनको स्मृतिमा आयोजना भईरहेको छ । प्रतियोगिताको फाईनल खेल चैत्र २० गते हुने खेल संयोजक समेत रहेका अन्तराष्ट्रिय क्रिकेटर शक्ति गौचनले बताएका छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend