• Saturday 25th July 2026

मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसीप

मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसीप

बिहीबार तीन खेल हुदै


  • लुम्बिनी रिभ्यू

बुटवल, बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसीप अन्तरगत आज तीन खेल हुदैछन् ।
मदन भण्डारी स्पोटर्स एकेडेमीले आयोजना गरेको भलिबल भ्याम्पियनसीपमा पहिलो खेल त्रिभुवन आर्मी र भारतीय गुजरात स्टेट भलिबल एशोसिएसन बीच हुनेछ । दोस्रो खेल रुकुमपश्चिम भलीबल प्रशिक्षण केन्द र रुपन्देहीको मणीमुकुन्द भलीबल क्लबबीच हुनेछ । यसैगरी बिहीबारको अन्तिम खेल सश्स्त्र प्रहरीबल र गल्कोट भलीबल क्लबबीच हुनेछ ।
आज बिहान १० बजेदेखि प्रतियोगिता सुरु हुने भलिबल विभाग प्रमुख चन्द्रवन्दना राईले बताउनुभयो । बुटवलको रामनगर खेलमैदानमा पहिलो सेट २५, २२, दोस्रो सेट २५, २०, तेस्रो सेट ३२, ३४ हुँदै चौथो सेट २५, १८ ले आयोजक मदन भण्डारी स्पोटर्स एकेडेमीलाई पछाडि पार्दै नेपाल प्रहरीले जीत निकालेको हो ।

विभागिय टिम नेपाल प्रहरी र आयोजक मदन भण्डारी स्पोट्स एकेडेमीबीच बुधबार निकै प्रतिश्पर्धात्मक खेल भएको थियो । यद्यपि वेष्ट फाइभमा भएको प्रतियोगितामा आयोजकले जीत निकाल्न सकेन ।
ंमदन भण्डारी स्पोटर्स एकेडेमीले आफ्नो १६ औं स्थापना दिवसको अवसर पारेर मदन भण्डारी गोल्डकप  इन्डो नेपाल रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता गरेको हो ।
च्याम्पियनसिपमा प्रथम पुरस्कार ७ लाख, द्वितीय पुरस्कार ३ लाख ५० हजार, तृतीय पुरस्कार १ लाख ७५ हजार, सान्त्वना पुरस्कार १ लाख, उत्कृष्ट खेलाडीका लागि २५ हजार र विधागत पुरस्कार १० हजार रहेको छ ।
प्रतियोगितामा एक भारतियसहित ८ टिम सहभागी छन् । ती मदन भण्डारी स्पोर्टस एकेडेमी, नेपाल आर्मी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, गुजरात स्टेट भलिबल एसोसिएसन, मणिमुकुन्द भलिबल क्लब, गल्कोट भलिबल क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र हुन्।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend