• Saturday 25th July 2026

शनिबार नेपाल पुलिस , भारतको गुजरात स्टेट र त्रिभुवन आर्मी क्लब विजयी

शनिबार नेपाल पुलिस , भारतको गुजरात स्टेट र त्रिभुवन आर्मी क्लब विजयी


  • लुम्बिनी रिभ्यू

बुटवल, बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपमा शनिबार नेपाल प्रहरीको पुलिस क्लब, भारतको गुजरात स्टेट क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।
बुटवलको रामनगर खेल मैदानमा भएको पहिलो खेलमा पुलिसले मणिमुकुन्द भलिबल क्लबमाथि ३–१ को सेटको जित निकालेको हो । निक्कै प्रतिस्प्रर्धात्मक खेलको पहिलो सेट पुलिसले २५–१५ अंकका साथ जित निकालेको थियो । दोस्रो सेट भने मणिमुकुन्दले २५–२० को अंकका साथ जित निकाल्दै बराबरीमा ल्यायो । त्यसपछि भने पुलिस खेलमा लगातार तेस्रो र चौथो सेट २५–२० र २५–१८ अंकका साथ जित निकाल्दै खेल आफनो पोल्टामा पारेको थियो । यसैगरी शनिबार नै भएको अर्को खेलमा भारतको गुजरातले विभागिय टिम एपिएफलाई ३–१ का साथ पराजित गरेको छ । एपीएफले पहिलो सेट २५–२१ अंकका साथ जित निकाल्दै अग्रता गरेको भएपनि त्यसपछि गुजरात खेलमा हाबी भयो । गुजरातले लगातार २५–१८, २५–१५, २५–१८ अंकले जित निकाल्यो । यसैगरि तेस्रो खेलमा विभागिय टिम त्रिभुवन आर्मीले गल्कोट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । मदन भण्डारी स्पोटर्स एकेडेमीले आयोजना गरेको प्रतियोगिता पुस २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागीता रहेको छ । आइतबार आयोजक मदन भण्डारीसँग मणिमुकुन्द क्लब र भारतको गुजरात स्टेट क्लबसँग गल्कोट क्लब बीच प्रतिश्पर्धा हुनेछ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend