• Sunday 11th October 2026

जागृती बहुउद्देशीय सहकारीको २५औं वार्षिक साधारण सभा

जागृती बहुउद्देशीय सहकारीको २५औं वार्षिक साधारण सभा


  • लुम्बिनी रिभ्यू

बुटवल, सहकारीलाई वचत र ऋण परिचालनमा मात्र सिमित नराखी उत्पादनमूदक काममा लगाउने नयाँ योजना सहित जागृती बहुउद्देशीय सहकारी संस्था लिमिटेड बुटवलको २५औं वार्षिक साधारण सभा आईतवार सम्पन्न भएको छ ।
साधारणसभा संस्थाका अध्यक्षता लाल प्रसाद वस्यालको अध्यक्षता, सहकारीका पूर्व अध्यक्ष गणेश प्रसाद भट्टराईको प्रमुख अतिथ्यतामा भएको थियो । २०५३ सालमा दर्ता भएको सहकारीमा हाल एक हजार ३२ शेयरधनी रहेका छन् ।
संस्थाको हाल शेयर पुँजी ३ करोड २५ लाख ३४ हजार ५ सय रुर्पैयाँ वचत छ । सस्थाको वचत १४ करोड ७९ लाख ७६ हजार २ सय ६३ रुपैयाँ रहेको छ ।

संस्थाका सचिव मित्रहरी आचार्यकोले संचालन गर्नुभएको कार्यक्रममा संचालक समितिको तर्फबाट संस्थाका अध्यक्ष लाल प्रसाद वस्याल, सचिव मित्रहरी आचार्यले सचिवको वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक सुरेश भट्टराई तथा आर्थिक प्रतिवेदन कोषाध्यक्ष हेमन्त कंडेलले प्रस्तुत गर्नु भएको थियो । सबै प्रतिवेदन सर्वसहमत पारित भएका छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend