पार्टीहरु फुट्ने आशंका गरिएकै
बेला समाजवादी र राष्ट्रिय जनता पार्टीबीच पार्टी एकताको सहमति भएको छ । नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने छ भने झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ । चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता हुनेछ ।
राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा बुधबार साँझ भएको वार्तामा भएको सहमतिमा दुवै पार्टीका चार–चार जना नेताले हस्ताक्षर गरेका छन् ।
पार्टी एकता समानताको आधारमा हुने सहमतिपत्रमा उल्लेख छ ।
यो समाचार अनलाईखबर,रातोपाटी लगायतका बिभिन्न अनलाईनहरुले पुष्टि गरेका छन् ।


लुम्बिनी रिभ्यू