काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन् । बिहीबार बिहान डिल्लीबजार कारागारबाट उनी रिहा भएका हुन् ।
ज्येष्ठ नागरिकको सुविधा पाएर ६५ वर्ष उमेर पूरा भएसँगै रायमाझी रिहा भएका हुन् । उनलाई कैदमुक्त गर्न काठमाडौं जिल्ला अदालतले कारागार कार्यालयलाई पत्राचार गरेको थियो ।
रायमाझीको निवेदनका आधारमा अदालतले रायमाझीलाई ज्येष्ठ नागरिकको सुविधाअनुसार कैदमुक्त गर्नु भन्दै संशोधित कैदीपुर्जी अदालतमा पठाएको थियो
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका रायमाझी २०८० वैशाख २० मा पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतले उनलाई २०८३ असार ३० मा चार वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।

लुम्बिनी रिभ्यू