• Friday 13th November 2026

भिमफेदीमा गाडी दुर्घटना : छट मनाउ घर फर्किरहेका १० जनाको मृत्यु

भिमफेदीमा गाडी दुर्घटना : छट मनाउ घर फर्किरहेका १० जनाको मृत्यु


  • लुम्बिनी रिभ्यू

बुटवल, काठमाडौंबाट सर्लाहीतर्फ जादै गरेको इभी गाडी दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ ।
दुर्घटनामा दुई बालिका, तीन महिला र पाँच पुरुषको ज्यान गएको हो । बिहीबार बिहान मकवानपुरको भीमफेदीमा यात्रु बोकेको विद्युतीय गाडी भीरबाट खसेको थियो । दुर्घटनामा पाँच जना घाइते भएका छन् । दुर्घटनामा घाइते पाँच जनामध्ये दुई बालिका र एक पुरुषको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय गाडी हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार बिहान ५ बजेर ४५ मिनेटमा गाडी सडकबाट करिब ५०० मिटर तल खसेको थियो । प्रहरीका अनुसार दुर्घटनाका बेला चालकसहित १६ जना सवार थिए । उनीहरू छट मनाउन घर फर्किरहेका थिए ।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । दुर्घटनाको कारण खुलेको छैन । घटनास्थलमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend