• Sunday 8th November 2026

प्रधानमन्त्रीको भारत भ्रमणमा के के हुनेछ ?

प्रधानमन्त्रीको भारत भ्रमणमा के के हुनेछ ?


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारतबारे चासाे बढेकाे छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आउँदो मङ्सिर दोस्रो साता प्रधानमन्त्री शाह भारतको औपचारिक भ्रमणमा जाँदै छन् ।

भ्रमण फलदायी बनाउन नेपाल सरकारले उच्चस्तरको आन्तरिक तयारी तीव्र बनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले शुक्रबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङका क्रममा नेपाल सरकारले भ्रमणको समग्र तयारीको आन्तरिक गृहकार्य बलियो बनाएको जानकारी दिइएकाे थियोे ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले भने “प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी द्रुत गतिमा भइरहेको छ, भ्रमणका क्रममा प्रस्तुत हुने मुद्दाका विषय तय गर्न प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयसँग समन्वय गरिरहेको छ ।”

प्रवक्ता अर्यालका अनुसार भारतका प्रधानमन्त्री मोदीसँग हुने द्विपक्षीय वार्ता र छलफलमा उठाइने राष्ट्रियहितसँग जोडिएका कार्यसूची, सम्भावित साझेदारी तथा सम्झौताका विषय टुङ्गो लगाउने जिम्मा परराष्ट्र मन्त्रालयलाई दिइएको छ । आपसी साझेदारीका मुद्दा जे जे छन्, अन्य सबै मन्त्रालयसँग समन्वय गरी भइरहेका प्रगतिबारे प्रधानमन्त्री कार्यालयमा नियमित जानकारी आइरहेको आवश्यक छलफल पनि भइरहेको उनले जानकारी दिए ।

प्रधानमन्त्री शाहले गत महिना संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सम्बोधनका क्रममा प्रस्ताव गर्नुभएको नेपाल–भारत–चीन त्रिदेशीय संयन्त्र स्थापना गर्ने विषयमा पनि सरकारले आफ्नोतर्फबाट तयारी गरिरहेको उनले जानकारी दिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend