• Saturday 25th July 2026

कार्यस्थलमा हुने हिंसा र दुव्र्यबहार रोकथाम गर्न सुझाब

कार्यस्थलमा हुने हिंसा र दुव्र्यबहार रोकथाम गर्न सुझाब

कार्यस्थलमा हुने हिंसा र दुव्र्यबहार रोकथाम तथा उन्मुलन सम्बन्धी संचार निर्देशिकाबारे छलफल


  • लुम्बिनी रिभ्यू

बुटवल । कार्यस्थलमा हुने हिंसा र दुव्र्यबहारलाई रोकी कार्यस्थललाई सुरक्षीत बनाउन सरोकारवालाहरुले सुझाब दिएका छन् । कार्यस्थलमा महिला, पुरुष वा पारालिंगी भएकै कारण कुनै पनि किसिमका दुव्र्यबहार र यौनजन्य हिंसा हुन नहुने उनीहरुले बताए ।
मिडिया एड्भोकेसी ग्रुप र सोलिडारिटी सेन्टरले बुधबार बुटवलमा आयोजना गरेको कार्यस्थलमा हुने हिंसा र दुव्र्यबहार रोकथाम तथा उन्मुलन सम्बन्धी संचार निर्देशिका २०७९ अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो सुझाब दिएका हुन् । आमसञ्चार क्षेत्रमा हिंसा, दुव्र्यवहार र भेदभावजन्य कार्यप्रति शून्य सहनशीलताको अवधारणा आत्मसात गर्दै त्यहाँको कार्यस्थललाई पूर्णत: सुरक्षित तुल्याउन अहिले निर्देशिका बन्ने क्रममा छ । यसले कार्यस्थलमा हुने हिंसा र दुव्र्यवहार, यौनजन्य दुव्र्यवहार, भेदभाव, लैंगिक हिंसा र दुव्र्यवहार लगायतलाई समेटेको छ । जसले सञ्चार प्रतिष्ठानको कार्यस्थललाई कुनै पनि किसिमको हिंसा, दुव्र्यवहार र भेदभावबाट मुक्त एवं सुरक्षित तुल्याउन सम्बद्ध सवै पक्षलाई सचेत गराउने लक्ष्य लिएको छ ।
निर्देशिकाले कार्यस्थलका रुपमा सञ्चारमाध्यमका कार्यालय, कामसँग जोडिएका सार्वजनिक तथा निजीस्थल, भ्रमण, यात्रा, तालिम, कार्यक्रम वा सामाजिक गतिविधिका स्थान, संस्थाले उपलब्ध गराएको बासस्थान, कार्यस्थलमा जाने आउने क्रममा प्रयोग हुने स्थान वा यातायात, भुक्तानी लिने, आराम गर्ने, कार्यालय समयमा खानाखाने, सरसफाइ गर्ने, कपडा फेर्ने वा मेकअप स्थानलगायतलाई लिएको छ । उक्त क्षेत्रमा कुनै पनि व्यक्तिलाई शारीरिक, मनोवैज्ञानिक, यौनिक वा आर्थिक क्षति पुर्‍याउने गरी कुनै पनि किसिमको हिंसा, दुव्र्यवहार, भेदभाव, लैंगिक वा यौनजन्य हिंसाको जोखिम हुन नदिन रोकथामको उचित प्रबन्ध मिलाउने मस्यौदामा उल्लेख छ ।
मस्यौदामाथि छलफल गर्दै पत्रकार महासंघ नेपालका पूर्व अध्यक्ष महेन्द्र विष्ठले संचारमाध्ययमलाई हिंसा र दुव्यवहाररहित बनाउन निर्देशिका बनाउन लागेको बताए । समाजमा कुनै पनि क्षेत्रमा तुलनात्मक रुपमा महिलामाथि हिंसा बढी हुने देखिएकोले यो ऐन महिलाका लागि बढी प्रभावकारी हुने भएपनि पुरुषहरुका कुरा पनि यसमा समेटिएको बताए । निर्देशिकामा कसैले गलत नजरले हेरेमा, हप्काएमा, नाम जोडेर जिस्क्याएमा, छोएमा, कुनै दृष्य देखाएमा पनि कसुर देखाइएको छ ।
कार्यक्रममा बोल्दै मिडिया एड्भोकेसी ग्रुपका अध्यक्ष अनिता विन्दुले संचारमाध्ययमलाई हिंसा र दुव्र्यवहाररहीत बनाइ लैंगिकमैत्री वातावरण बनाउन निर्देशिका बन्न लागेको बताइन् । उनले महिला भएकै कारण, पुरुष भएकै कारण वा अन्य लिंगी भएकै कारण कोही पनि कार्यस्थलमा हिंसा र दुव्यवहार हुन नदिने वातावरण बनाउन सबैको पहल आवश्यक रहेको बताइन् ।
अन्तरक्रियामा बोल्दै पत्रकार महासंघ लुम्बिन प्रदेशका महासचिव विक्रम खड्काले संचारमाध्ययमलाई सुरक्षीत र हिंसा रहित बनाउन मस्यौदा कोशेढुंगो हुने बताए । कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्षहरु शेरबहादुर केसी, यानेन्द्र जीसी, सामुदायिक टेलिभिजन यशोशियसनका अध्यक्ष दिनेश पाण्डे, प्रेस चौतारी रुपन्देही अध्यक्ष लक्ष्मण पौडेल, प्रेस युनियन अध्यक्ष रेखा भुसाल, प्रेस संगठनका रुद्रहरि कुंवर, लुम्बिनी प्रेस क्लबका नरेश केसी, मधेशी पत्रकार समाजका राधेश्याम विश्वकर्मा, संचारिका समूहका निरु गौतम, डब्लुडब्लुजेका कल्पना तिवारी लगायतले कार्यस्थललाई सुरक्षीत कसरी बनाउनेभन्नेबारे सुझाब दिएका थिए । पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षता र अमृता अनमोलको संचालनमा कार्यक्रम भएको थियो । पत्रकार महासंघ, प्रेस काउन्सील लगायतको समन्वयमा मिडिया एड्भोकेसी ग्रुप र सोलिडारिटी सेन्टरले देशका विभिन्न जिल्लामा निर्देशिकाबारे छलफल चलाइरहेको छ ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend