• Saturday 25th July 2026

स्वास्थ्य र शिक्षाका कार्यक्रम स्थानीय सरकारको सहकार्यमा : मुख्यमन्त्री केसी

स्वास्थ्य र शिक्षाका कार्यक्रम स्थानीय सरकारको सहकार्यमा : मुख्यमन्त्री केसी

स्वास्थ्य चुनौतिकालागि कार्ययोजना बनाउन स्वास्थ्य मन्त्री थारुको निर्देशन


  • लुम्बिनी रिभ्यू

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्वास्थ्य र शिक्षा नागरिकको नैसर्गिक अधिकार रहेको बताउदै प्रदेश सरकारले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताएका छन् । स्वास्थ्य र शिक्षाका कार्यक्रम तथा अभियानहरु स्थानीय सरकारसँग सहकार्य र समन्वय गरेर संचालन गर्ने उनले बताए ।

सोमबार बुटवल उपमहानगरपालिका नेपालकै पहिलो कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा कार्यक्रममा बोल्दै उनले उनले कोभिड १९ महामारी नियन्त्रणमा स्थानीय सरकारको भूमिका प्रशंसनीय रहेको बताए । महाकारी व्यवस्थापन र रोकथामदेखि आगामी दिनमा प्रदेश सरकारले स्वास्थ्यका अधिकांश कार्यक्रम स्थानीय सरकारसँग सहकार्यमै सञ्चालन गर्ने उनले बताए ।
मुख्यमन्त्री केसीले प्रदेश सरकारको चुलो सुधार कार्यक्रम स्थानीय सरकारसँगको सहकार्यमा महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई परिचालन गर्ने तयारी गरेको बताए । उनले गाउँटोलसम्म पुगेका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई नै परिचालन गर्ने गरी चुलो सुधार कार्यक्रम बुटवल उपमहानगरपालिकाबाटै शुरु गर्ने तयारी गरेको उनले बताए ।


कार्यक्रममा बोल्दै स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले स्वास्थ्य चुनौतिकालागि कार्ययोजना बनाउन र त्यसका आधारमा काम गर्न स्थानीय तहलाई निर्देशन दिए । उनले कोभिडकालमा स्थानीय सरकारको भूमिकाकै कारण महामारी नियन्त्रणमा प्रभावकारी काम हुन सकेको बताए । स्वास्थ्य मन्त्री थारुले आगामी समयमा हुनसक्ने स्वास्थ्य चुनौतीको सामना गर्नका लागि प्रदेश सरकारले स्थानीय सरकारसँग सहकार्य गर्दै कार्यक्रमहरु सञ्चालन गर्ने जानकारी समेत दिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend