• Saturday 25th July 2026

लुम्बिनीमा के गर्दैछन् सत्तारुढ गठबन्धनका पाँच दल ?

लुम्बिनीमा के गर्दैछन् सत्तारुढ गठबन्धनका पाँच दल ?


  • लुम्बिनी रिभ्यू

बुटवल । आगामी निर्वाचनको तयारीका लागि लुम्बिनी प्रदेशमा रहेका सत्तारुढ ५ दल बलियो गठबन्धन गरेर जाने निर्णय गरेका छन् । संयुक्त गठबन्धनको बुटवलमा बसेको बैठकले स्थानीय तह निर्वाचनमा सफल भएको निष्कर्ष निकाल्दै मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई थप प्रभावकारी बनाएर लैजाने निर्णय गरेको हो।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश पार्टी कार्यालयमा बसेको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा गठबन्धनको तर्फबाट साझा उम्मेदवार तयार गर्न आ–आफ्नो पार्टीको तर्फबाट बृहत रिपोर्ट तयार गरेर पुनः बैठक बस्ने निर्णय भएको छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव, नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश सचिव राजु गुरुङ र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि बद्रे आलमद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा स्थानीय तह निर्वाचनको सन्दर्भमा निर्माण गरिएको प्रदेश र जिल्ला तहको संयुक्त संयन्त्र पुनः सक्रिय बनाउने निर्णय भएको छ ।

बैठकमा लुम्बिनीका मुख्यमन्त्री तथा माओवादी नेता कुलबहादुर केसी पनि सहभागी थिए ।

संविधान र गणतन्त्रको रक्षाका लागि केन्द्रीय तहमा गठबन्धन कायम भएको उल्लेख गर्दै त्यही गठबन्धनलाई लुम्बिनीमा अझ दरिलो र कसिलो बनाउने सहमति भएको एकीकृत समाजवादी लुम्बिनीका सचिव राजु गुरुङले जानकारी दिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend