बुटवल । अन्तराष्ट्रिय स्तरका सभा, सम्मेलन, गोष्ठी र बैठकहरु गर्न मिल्ने गरी बुटवलमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण भएको छ । केन्द्र रामनगरस्थित बुटवल मण्डपमा रहेको ९ बिगाह ६ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । सम्मेलन केन्द्रको शनिबार विशेष समारोहकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे । ‘सभाहल संचालनले बुटवलको आर्थिक विकास र सामाजिक गतिविधि बढाउन धेरै सहयोग पुग्नेछ । राष्ट्रिय अन्तराष्ट्रिय सभा सम्मेलन बढ्ने र त्यसले यहा“को दीगो विकास हुने छ,’ उनले भने ।

१ अर्ब ११ करोड रुपैया लागतमा शहरी विकास मन्त्रालयले सम्मेलन केन्द्र बनाएको हो । यहा मुख्य सभाहलसहित १३ वटा २ हजार ७ जना अट्ने क्षमताका हल छन् । एक हजार जना हट्ने मुख्य सभाहलको गौतमबुद्ध नाम दिइएको छ । उक्त हल बालकौनी सहितको छ । त्यसमा आकर्षक तरिकाले कुर्ची र साउण्ड सिस्टम जडान गरिएको छ । आसपासमा थप १२ वटा हल छन् । देवदह, तिलौराकोट, बागेश्वरी, रानीमहल लगायत लुम्बिनी प्रदेशका पर्यटकीय क्षेत्रको नामबाट ती हलको नामाकरण गरिएको छ । तिनमा थप १ हजार ७ सय जना बसेर कार्यक्रम गर्न सक्छन् । आधुनिक किसिमले बनाइएका हललाई आकर्षक किसिमले सिंगारिएको छ । ‘यहा प्रयोग भएका सबै सामाग्री र त्यसको सजावट उन्ननत र अन्तराष्ट्रिय प्रविधिका छन्,’ सभाहल तथा प्रद्धशनी केन्द्र निर्माण कार्यान्वयन इकाईका प्रमुख धर्मेन्द्र पन्थीले भने, ‘सबै प्रकारका सम्मेलन, गोष्ठी र भिआइपी बैठकहरु गर्न मिल्ने गरी तयार गरिएको छ ।’
सम्मेलन केन्द्रमा २ वटा भवन छन् । ती राष्ट्रिय झण्डाको चन्द्रसूर्य आकारका छन् । चन्द्र आकारमुनि २ वटा ठूला हल छन् भने सूर्य आकारको भवनमा ११ वटा हल छन् । त्यसमा दुई वटा लेक्चर हल, ६ वटा मिटिङ हल, भिआइपी, भिडिओ अडियो, ट्रान्सलेटर लगायतका कक्षहरुको स्टक्चर तयार पारिएको छ । यिनको निर्माणमा मात्रै २३ करोड रुपैया“ खर्च भएको सभाहल तथा प्रद्धशनी केन्द्र निर्माण कार्यान्वयन इकाईले जनाएको छ । सम्मेलन केन्द्रको आन्तरिक परिक्षण गरिसकिएको छ । त्यसमा रड.रोगन, विद्युत, साउण्ड सिष्टम सिसिटिभी जडान लगायतका सबै काम गरिएको छ ।

सम्मेलन केन्द्र २४ मिटर उचाइको छ ।त्यसमा प्रतिघण्टा १० हजार लिटर फोहोर पानी प्रशोधन गर्नमिल्ने क्षमता छ । ८० हजार लिटरका अण्डरग्राउण्ड ४ वटा पानीका ट्यांकी छन् । हरेक हलमा अग्नी प्रतिरोधात्मक मसिन जडान गरिएका छन् । साउण्डसिष्टम र आवाजप्रतिरोधात्मक उपकरण जोडिएका छन् । हरेक हलमा आपतकालिन द्धार राखिएका छन् । सम्मेलन केन्द्र पूर्णतया अपांगमैत्री र भूकम्पप्रतिरोधी छ । केन्द्रभित्रका सबै पुर्वाधार अन्तराष्ट्रिय भवन संहिता र मापदण्ड अनुसार बनाएको प्रमुख पन्थीले बताए ।
सम्मेलन केन्द्रको चारैतिर आकर्षक पाचवटा प्रवेशद्धार बनाइएको छ । प्रवेश गर्ने बाहिरिनेका लागि छुट्टाछुट्टै द्धार छन् । ती प्रवेश, निकास, भिआईपी र सर्भिसद्धार हुन् । केन्द्रभित्रै दुईतले भवनमा व्यवसायिक Ôेत्र, रेष्टुरा“, बैंक एटीएम, खाजा घर र प्रशासनिक कामका लागि छुट्टाछुट्टै कोठा निर्माण गरिएको छ । सभाहलसर्गै सटेर नर्थ र साउथ गरी दुई वटा बहुउद्देश्यीय भवन बनेका छन्। यी १ सय क्षमताका छन्। त्यसबाहेक दोस्रो २ वटा सर्भिस ब्लक, १ क्यान्टिन, १ ग्रिनहाउस, ६ जना बस्न मिल्ने स्टाफ क्वाटरका लागिसमेत भवन निर्माण गरिएको छ । कर्मचारीको लागि तीन तलाको छुट्टै आवास गृह छ ।

सम्मेलन केन्द्र बाहिर आकर्षक पानीका फोहोरा सहितका पोखरी छन् । ती सबैमा चन्द्रसूर्य आकारका फोहोरा निस्कन्छन् । रातिमा राष्ट्रिय झण्डा सहितको धुन बन्छन् । त्यही आकारका लाइटिङ गरिएको छ । अन्तराष्ट्रिय स्तरबाट आएका पाहुनालाई नेपाली पन र राष्ट्रियता देखाउन यसो गरिएको हो । साना साना सुन्दर बगैचा छन् । तिनलाई हरियाली बनाइदै छ । बीचबीचमा रंगीन फूल रोपिने छ । सम्मेलन केन्द्र बाहिर खुला पार्किङ स्थल छ । त्यसमा चारपांग्रे ४ सय र दुई पांग्रे ४ सय गरी ८ सय गाडी पार्किङ गर्न सकिन्छ । हेलीकोप्टर चार्टरका लागि केन्द्रभित्रै हेलीप्याड समेत बनाइएको छ ।
५ वर्षमा निर्माण सक्ने गरी २०७१ माघ १५ मा बुटवल सम्मेलन केन्द्र निर्माणको काम सुरु भएको थियो । ५ वर्षमा सक्ने भनिएपनि सम्मेलन केन्द्रको १ अर्ब ३ करोड रुपैयाँमा दुई चरणमा बा“डेर ठेक्का सम्झौता गरिएको थियो । निर्माण सक्दा ८ करोड रकम बढेको छ । शहरी विकास तथा भवन निर्माण विभागले निर्माण थालेको सम्मेलन केन्द्रको रविना समानान्तर चन्द्रसूर्य जेभी निर्माण कम्पनीले पहिलो चरणको ठेक्का लिएको थियो । यद्यपि आयोजनाले विभिन्न कारण देखाउदै म्याद थपेको थियोे ।सुरुमा निर्माणस्थलका रुख काट्ने अनुमति नपाउदा करिब ६ महिना ढिलाई भएको थियो । त्यहा“का विभिन्न प्रजातीका १ सय ३६ वटा रूखहरु हटाएर मात्रै निर्माणको काम शुरु भएको थियो । त्यसपछि भुकम्प र नदीजन्य पदार्थको अभाव, कोरोना महामारी लगायतले ढिलाई भएको देखाउदै काम लम्बिएको आयोजनाले इन्जिनियर सुमन दर्लामीले बताए ।
सम्मेलन केन्द्र उद्घाटन भए पनि अहिलेसम्म सञ्चालनको मोडालिटिबारे स्पष्ट खाका तयार भएको छैन । केन्द्र संचालन गर्न बुटवल उपमहानगरपालिकाले इच्छा देखाएको छ । यद्यपि संघीय सरकारले हस्तान्तरण गर्ने या कुनै समिति मार्फत सञ्चालन गर्ने भन्नेबारे निर्णय नभएको आयोजना प्रमुख पन्थीले बताए । ‘बुटवलसहित देशभरमा ४१ वटा अरु सम्मेलन केन्द्र बनीरहेका छन् । तिनलाई समेत समेटेर मन्त्रालयले कार्यविधि बनाउने छ ।’
आसपासको क्षेत्रलाई वुद्ध जन्मस्थल लुम्बिनीस“ग जोडेर लुम्बिनीमा पर्यटन प्रवद्र्धन गर्न र ग्रेटर लुम्बिनी क्षेत्रभित्र पूर्वाधार विकास गर्न भन्दै सम्मेलन केन्द्र निर्माण थालिएको थियो । सम्मेलन केन्द्रका योजनाकार पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनीलाई केन्द्र विन्दु बनाएर हुने ठूला सभा, राष्ट्रिय अन्तराष्ट्रिय सम्मेलन गर्ने र रुपन्देहीको विकासमा कोशेढुंगा थप्ने बताए । ‘सम्मेलन केन्द्रको उद्घाटनले बुटवलबासीको एउटा ठूलो सपना पूरा भएकोे छ,’ उनले भने, ‘यो रुपन्देहीको गहना हो । यहा“ नियमित कार्यक्रम गर्ने, राष्ट्रिय र अन्तरराष्ट्रिय सम्मेलन गरेर भरपूर सदुपयोग गर्नुपर्छ ।’
उनले अब यसको अप्रेशन मोडालिटी छिटो तयार गरेर संचालनमा ल्याउन र रुपन्देहीको आर्थिक क्रियाकलापलाई थप उचाइमा पुर्याउन आग्रह गरे ।

लुम्बिनी रिभ्यू