• Saturday 24th October 2026

बाढीको वितण्डा : प्रभावित क्षेत्रमा ४ हजार ३४८ जना प्रहरी परिचालन

बाढीको वितण्डा : प्रभावित क्षेत्रमा ४ हजार ३४८ जना प्रहरी परिचालन


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्य जारी छ । नेपाल प्रहरीले राति ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा ४ हजार ३४८ जना प्रहरी परिचालन गरिएको जनाएको छ ।

प्रहरीका अनुसार बाढीपछि विभिन्न जिल्लामा हालसम्म ३८९ वटा शव फेला परेका छन् । फेला परेका शवमध्ये रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३७, गोरखामा ३२, तनहुँमा २८, नवलपरासी ९पूर्व० मा ८७ र नवलपरासी ९पश्चिम० मा २७ वटा रहेका छन् । अझै २८ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेका छन् ।

त्यस्तै, बाढी तथा त्यसबाट सिर्जित विपद्मा परी ४६६ जना घाइते तथा उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार गरिएकामध्ये काठमाडौँमा ८४, रसुवामा २८९, धादिङमा ३ र नुवाकोटमा ९० जना रहेका छन् ।

बाढी प्रभावित क्षेत्रमा बेपत्ता तथा सम्पर्कविहीनहरूको खोजी, घाइतेको उद्धार र राहत कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेका छन् ।

नेपाली सेनाले माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका ३५० जनाको उद्धार गरेको छ । ​रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि ती मानिस सुरुङभित्र फसेको खबरले चौतर्फी चिन्ता बढाएको थियो । तर, चुनौतीपूर्ण उद्धार कार्य गर्दै सेनाले उनीहरूलाई बिहीबार राति सफलतापूर्वक उद्धार गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । अझै पनि सो टनेलभित्र १०० जनाभन्दा बढी मानिस फसेको सेनाको अनुमान छ । उनीहरूलाई पनि उद्धारको काम चलिरहेको छ । नेपाली सेनाले बिहीबार मात्रै रसुवाका विभिन्न प्रभावित क्षेत्रहरूबाट कुल ८८३ जना स्थानीय तथा मजदुरहरूको उद्धार गरेको जनाएको छ ।

रसुवाको भोटेकोशीमा आएको बाढी र पहिरोका कारण हालसम्म ३८९ जनाका शव फेला परेका छन् । प्रहरीको तथ्याङ्क अनुसार चितवनमा सबैभन्दा बढी १३७ जनाको शव फेला परेका छन्। नवलपरासी पूर्वमा ८७, धादिङमा ३३, गोरखामा ३२, नुवाकोटमा २८, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १७ जनाको शव भेटिएका छन्। तिब्बती मिहपहिरोका कारण आएको बाढीले हालसम्म ४६६ जना घाइते भएको तथ्यांक छन् । उनीहरूको उद्धार समेत गरिएको छ। उद्धार हुनेहरूमा रसुवाका २८९, नुवाकोटका ९०, काठमाडौँका ८४ र धादिङका ३ जना रहेका छन्। सरकारी तथ्यांक अनुसार आपत्कालीन उद्धार तथा राहत कार्यका लागि प्रभावित क्षेत्रमा ८,३४८ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। बाढीका कारण १८ जना प्रहरी कर्मचारीहरू अझै सम्पर्कविहीन रहेका छन्। नेपाल प्रहरीले उद्धार कार्यलाई तीव्रता दिँदै बेपत्ताहरूको खोजी जारी राखेको छ।हवाई उद्धारमा बिरामी, गर्भवती तथा सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई प्राथमिकता दिइएको छ।

बाढी पीडितको उद्धार तथा राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहने छन् । पहिलो प्राथमिकता एक–एक नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार र प्रभावित परिवारलाई तत्काल राहत पुर्‍याउनु हुनेछ । यो संकटको घडीमा सरकार प्रभावित नागरिकसँगै छ ।’
नुवाकोट पुगी बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गरी काठमाडौँ फर्किएपछि प्रधानमन्त्री बालेन्द्र शाहले स्टाटस मार्फत यस्तो प्रतिवद्धता जनाउनुभएको हो । उहाका अनुसार अवस्था अझै चुनौतीपूर्ण रहेकाले राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित हुनेछन् । रसुवा, नुवाकोट र धादिङलगायतका प्रभावित क्षेत्रमा फसेका नागरिक तथा सुरक्षाकर्मीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य जारी छ। प्रधानमन्त्री शाहले नुवाकोटमा प्रभावित नागरिक, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा उद्धार र राहतमा खटिएका सबैसँग प्रत्यक्ष जानकारी लिनुभएको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend