• Wednesday 14th October 2026

तेजस्वी बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा, अध्यक्षमा नगेन्द्रप्रसाद नेपाल

तेजस्वी बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा, अध्यक्षमा नगेन्द्रप्रसाद नेपाल


  • लुम्बिनी रिभ्यू

बुटवलमा रहेर सहकारीका सदस्यहरुको आर्थिक विकासमा सघाउदै आएको तेजस्वी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचौँ अधिवेशन तथा १४औँ वार्षिक साधारण सभा बुधबार बुटवलमा सम्पन्न भएको छ।
साधारण सभाले अध्यक्ष दुर्गा पौडेलको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष निर्दोष पन्थीको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक कृष्ण प्रसाद पाण्डेको लेखा प्रतिवेदन पारित गरेको छ । २०६८ सालमा स्थापित सहकारीले घरखर्च कर्जा, सम्पत्ति धितो कर्जा र हायर पर्चेज कर्जासहित विभिन्न शीर्षकमा ऋण लगानी गर्दै आएकोछ । यसबाट संस्थाले एक वर्षमा ६९ लाख ४४ हजार ७ सय १७ रुपैयाँ आम्दानी गरेको छ ।

साधारण सभाले नगेन्द्रप्रसाद नेपालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ। नवनिर्वाचित समितिको उपाध्यक्षमा पूर्णबहादुर केसी, सचिवमा मोहनप्रसाद बस्याल र कोषाध्यक्षमा पुष्पा पौडेल चयन अुनुभएको छ । त्यस्तै, सदस्यहरूमा रिता घिमिरे लामिछाने, विष्णु पाण्डे, सुमित्रा पौडेल, चिन्तामणि चापागाईं र यमकुमारी तिवारी चयन भएका छन्। लेखा परीक्षण समितिमा संयोग निर्दोष पन्थी र हरिप्रसाद भुसाल चयन हुनुभएको छ ।
सहकारीले नियमित मासिक बचत, ऐच्छिक दैनिक बचत, ऐच्छिक मासिक बचत र बाल बचतका कार्यक्रम सञ्चालन गर्दै आएको छ। जहाँ ६८१ जना शेयर सदस्य रहेका छन्। तीमध्ये ३३० जना महिला र ३५१ जना पुरुष छन्। चालु वर्षमा ३५ जना नयाँ शेयर सदस्य थपिएका छन् । संस्थाको शेयर पुँजी एक करोड ६९ लाख ५६ हजार ९ सय रुपैयाँ रहेको छ। त्यस्तै, बचत निक्षेप पाँच करोड २१ लाख ६५ हजार ६ सय ६६ रुपैयाँ रहेको छ । सहकारीको ऋण लगानी चार करोड ७२ लाख ६७ हजार २३१ रुपैयाँ रहेको संस्थाले जनाएको छ। संस्थाले यस अवधिमा तीन करोड २२ लाख ९० हजार ८ सय ५४ रुपैयाँ ऋण असुली गरेको छ। सहकारीको लगानी दुई करोड ७० लाख ६२ हजार रुपैयाँ रहेको छ।

अध्यक्ष दुर्गा पौडेलको अध्यक्षता रहेको साधारण सभामा खड्क बहादुर गौतम क्षेत्रीको प्रमुख आतिथ्यता, संचालन सचिव नागेन्द्रप्रसाद नेपालको संचालन र उपाध्यक्ष शंकर प्रसाद ज्ञवालीको स्वागत रहेको थियो । अध्यक्ष पौडेलले आफ्नो कार्यकालमा सहयोग गर्ने सल्लाहकार समिति, कार्यसमिति एवं कर्मचारीहरुलाई सम्मान समेत गर्नुभएको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend