• Saturday 21st November 2026

८ महिना कैद सजाय पाएका लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्रा

८ महिना कैद सजाय पाएका लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्रा


  • लुम्बिनी रिभ्यू

भैरहवा, मंसिर ३ — लागूऔषध मुद्दामा अदालतबाट ८ महिना कैद सजाय सुनाइएपछि फरार रहेका एक प्रतिवादीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले फैसला कार्यान्वयन अभियानअन्तर्गत बिहीबार बुटवल उपमहानगरपालिका–१७, रानीगञ्जबाट पवन के.सी. लाई पक्राउ गरेको हो। पक्राउपछि उनलाई फैसला कार्यान्वयनका लागि सम्मानित रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पवन के.सी. लागूऔषध मुद्दामा अदालतबाट ८ महिना कैद सजाय पाई फरार रहेका थिए। फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा पेश गर्ने अभियानलाई प्रहरीले निरन्तरता दिएको जनाएको छ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend