• Saturday 25th July 2026

सम्मेलन केन्द्र रुपन्देहीको गहना : पूर्व अर्थमन्त्री विष्णु पौडेल

सम्मेलन केन्द्र रुपन्देहीको गहना : पूर्व अर्थमन्त्री विष्णु पौडेल

रुपन्देही विकासमा रोलमोडल


  • लुम्बिनी रिभ्यू

बुटवल । पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले रुपन्देही विकासमा रोलमोडल भएको बताएका छन् । उनले विकासमा सबै जनप्रतिनिधिको सहमती र सहकार्य त्यसको नमुना भएको जनाए । शनिबार आफैले अगाडि सारेको बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन कार्यक्रममा पूर्व अर्थमन्त्रीले भने, ‘यो सम्मेलन केन्द्रको उद्घाटन रुपन्देहीका जनप्रतिनिधी विकासको गफ गर्न होइन विकासको काम गर्न प्रतिवद्ध छन् भन्ने कुराको प्रमाण हो ।’


पूर्व अर्थमन्त्री पौडेलले अन्तराष्ट्रिय सम्मेलन केन्द्र, अन्तराष्ट्रिय विमानस्थल, अन्तराष्ट्रिय प्रदर्शनी केन्द्र, बुटवल–बेलहिया ६ लेन सडक, तिनाउ–दानब कोरिडोर, मोतीपूर औद्योगिक क्षेत्रलगायतका पूर्वाधारले रुपन्देही लगानीको आकर्षक गन्तव्य समेत बनेको बताए । उनले सम्मेलन केन्द्र रुपन्देहीको गहना र विकासको ड्रीम प्रोजेक्ट भएको बताए । ‘सम्मेलन केन्द्रको उद्घाटनले बुटवलबासीको एउटा ठूलो सपना पूरा भएकोे छ,’ उनले भने, ‘यो रुन्देहीको गहना हो । यहा“ नियमित कार्यक्रम गर्ने, राष्ट्रिय र अन्तरराष्ट्रिय सम्मेलन गरेर भरपूर सदुपयोग गर्नुपर्छ ।’
पूर्व गृहमन्त्रीले रुपन्देहीमा निर्माणाधिन अन्य महत्वपूर्ण योजनाहरु सम्पन्नको चरणमा रहेको बताउदै अब छिटै अन्तराष्ट्रिय प्रदर्शनी केन्द्र पनि उद्घाटन हुने बताए । ‘यो सम्मेलन केन्द्रको उद्घाटन रुपन्देहीका जनप्रतिनिधी विकासको गफ गर्न होइन विकासको काम गर्न प्रतिवद्ध छन् भन्ने कुराको प्रमाण हो ।’ उनले अब यसको अप्रेशन मोडालिटी छिटो तयार गरेर संचालनमा ल्याउन र रुपन्देहीको आर्थिक क्रियाकलापलाई थप उचाइमा पुर्याउन आग्रह गरे । ‘अन्तराष्ट्रिय सम्मेलन र कार्यक्रमहरु आयोजना गर्नेबारे सरकारले पनि ध्यान दिनुपर्छ,’ उनले भने ।
पूर्व गृहमन्त्रीले रुपन्देहीभौतिक पूर्वाधार मात्र नभइ शिक्षा, स्वास्थ्य र मानवीय विकासका दृष्टिकोणले देशको नमुना जिल्ला बन्दै गएको छ । ‘रुपन्देही विकास हेर्न र सिक्न आउने थलोका रुपमा विकसीत हुदै गएको छ ।’ उनले भने ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend