
बुटवल । हरितालिका तीजको अवसरमा लुम्बिनी प्रदेशले सार्वजनीक विदा दिएको छ । महिलाहरुकालागि राष्ट्रिय विदा भएपनि प्रदेशले पहिलो पटक तीजमा सबैका लागि विदा दिएको हो । प्रदेशले विदा दिएपछि लुम्बिनीभित्र रहेका संघ तथा स्थानीय तह अन्तरगतका समेत कुनै कार्यालय खुलेका छैनन् ।
लुम्बिनी प्रदेशमा अन्य प्रदेशका तुलनामा तीज बढी मनाइन्छ । प्रदेशका आन्तरीक मामिला मन्त्री तिलकराम शर्माले चाडबाडमा पारिवारिक माहोलमा रमाउने वातावरण सिर्जना गर्न सार्वजनीक विदा दिएको बताए ।

लुम्बिनी रिभ्यू